ज्ञानेश कुमार विरुद्ध जन्तर-मन्तरमा प्रदर्शन, दिल्ली मेट्रोका ११ स्टेशनमा प्रवेश–निकास बन्द
सेंट्रल सेक्रेटेरिएट और पटेल चौक सहित अन्य 11 मेट्रो स्टेशनों पर प्रवेश और निकास को बंद किया गया है।


‘आआपा’ और छात्र संगठनों के प्रदर्शन के मद्देनजर सुरक्षा चाक चौबद का जारी तस्वीर


नयाँ दिल्ली, 0२ अक्टोबर (हि.स.)। नयाँ दिल्ली स्थित जन्तर-मन्तरमा मुख्य निर्वाचन आयुक्त ज्ञानेश कुमार विरुद्ध आम आदमी पार्टी (आप) र केही विद्यार्थी संगठनले गर्न लागेको विरोध प्रदर्शनलाई ध्यानमा राख्दै दिल्ली मेट्रोले शुक्रवार राजीव चौक, केन्द्रिय सचिवालय तथा जन्तर-मन्तर नजिकैको पटेल चौक सहित ११ वटा मेट्रो स्टेशनमा प्रवेश र निकास बन्द गरेको छ।

दिल्ली मेट्रो रेल निगम (डीएमआरसी) ले ‘एक्स’ मा जारी गरेको पोस्टमा जनाए अनुसार, जनपथ, पटेल चौक, केन्द्रिय सचिवालय, राजीव चौक, सेवा तीर्थ, मण्डी हाउस, लोक कल्याण मार्ग, आईएनए, चावड़ी बजार, रामकृष्ण आश्रम मार्ग र नयाँदिल्ली स्टेशनमा अर्को आदेश नभएसम्म प्रवेश तथा निकास बन्द रहनेछ। यद्यपि, राजीव चौक, मण्डी हाउस, नयाँ दिल्ली र केन्द्रिय सचिवालय स्टेशनमा मेट्रो परिवर्तन अर्थात् अन्तरसम्पर्क सुविधा भने उपलब्ध रहने डीएमआरसीले जनाएको छ।

कार्यकर्ता, राजनीतिक नेता तथा नागरिक समाजका प्रतिनिधिहरूले ‘विशेष गहन पुनरीक्षण’ (एसआईआर) को विरोध तथा देशका मुख्य निर्वाचन आयुक्त ज्ञानेश कुमारसँग जवाफदेहिताको माग गर्दै प्रदर्शनको आह्वान गरेका छन्। यसलाई ध्यानमा राख्दै जन्तर-मन्तरमा पुलिस, आरएएफका जवान तथा दंगा नियन्त्रणका सवारीसाधन तैनाथ गरिएको छ।

ककरोच जनता पार्टी (सीजेपी), आम आदमी पार्टी (आप) तथा केही विद्यार्थी संगठनले मतदाता सूचीको विशेष गहन पुनरीक्षण (एसआईआर) र ठूलो संख्यामा मतदाताको नाम कथित रूपमा हटाइएको विषयलाई लिएर मुख्य निर्वाचन आयुक्त ज्ञानेश कुमारको राजीनामा माग गर्दै जन्तर-मन्तरमा प्रदर्शनको आह्वान गरेका छन्।

यस विरोध प्रदर्शनको आह्वानमा आम आदमी पार्टी, वामपन्थी दलको विद्यार्थी संगठन अखिल भारतीय विद्यार्थी संघ (आइसा), कांग्रेसको भारतीय राष्ट्रिय विद्यार्थी संघ (एनएसयूआई) र भारतीय युवा कांग्रेस (आईवाईसी) सहभागी छन्।

यसैबीच, नयाँ दिल्लीका पुलिस उपायुक्त सचिन शर्माले नयाँ दिल्ली जिल्लामा भारतीय नागरिक सुरक्षा संहिता (बीएनएसएस) को धारा १६३ लागू रहेको बताएका छन्। उनले भने, “यहाँ कुनै प्रकारको पनि विरोध प्रदर्शन, जुलुस आदिको अनुमति दिइएको छैन।” उनले जन्तर-मन्तरमा प्रदर्शनका क्रममा सुरक्षा तथा बचाउका आवश्यक व्यवस्था गरिएको बताउँदै सबैलाई कानूनको पालना गर्न आग्रह गरे।

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande