कटरा-बनिहाल रेलखण्डमा रेलको गति १०० किलोमिटर प्रतिघण्टा पुग्यो
केंद्रीय रेल मंत्री अश्विनी वैष्णव (फाइल फोटो)।


नयाँ दिल्ली, 0२ अक्टोबर (हि.स.)। जम्मू-कश्मीरमा उधमपुर-श्रीनगर-बारामुला रेल लिंक (यूएसबीआरएल) परियोजना अन्तर्गत माता वैष्णोदेवी कटरा-बनिहालको १११ किलोमिटर लामो रेलखण्डमा रेलको अधिकतम अनुमत गति ७५ किलोमिटरबाट बढ़ाएर १०० किलोमिटर प्रतिघण्टा पुर्याइएको छ। बढ़ाइएको गतिमा रेल सञ्चालनको सफल परीक्षण शुक्रवार गरिएको छ। यस क्रममा वन्दे भारत एक्सप्रेस (रेल नम्बर २६४०१/२६४०४) ले विश्वकै सबैभन्दा अग्लो रेल पुल चेनाब पुल तथा भारतको पहिलो केबलमा आधारित रेल पुल अञ्जी पुललाई १०० किलोमिटर प्रतिघण्टाको गतिमा पार गरेको छ।

केन्द्रिय रेलमन्त्री अश्विनी वैष्णवले शुक्रवार सामाजिक सञ्जाल ‘एक्स’ मा गति बढ़ाइएसँगै यूएसबीआरएल परियोजनाको यस महत्वपूर्ण खण्डमा रेल सञ्चालन अझ् सहज हुने र यात्रुको यात्रा समय घट्ने बताएका छन्। यसबाट यात्रुलाई तीव्र, सुरक्षित र थप आरामदायी रेल यात्रा उपलब्ध गराउन मद्दत पुग्ने उनले बताए।

कटरा-बनिहाल रेलखण्डमा अधिकतम अनुमत गति बढ़ाउन आवश्यक परीक्षण तथा प्राविधिक मूल्याङ्कन गरेपछि यो परिवर्तन गरिएको हो। बढ़ाइएको गतिमा वन्दे भारत एक्सप्रेस मार्फत परीक्षण गरियो र रेलले चेनाब तथा अञ्जी पुललाई १०० किलोमिटर प्रतिघण्टाको गतिमा पार गरेको थियो।

चेनाब पुल चिनाब नदीमाथि निर्मित विश्वकै सबैभन्दा अग्लो रेल आर्च पुल हो। त्यस्तै अञ्जी पुल भारतको पहिलो केबलमा आधारित रेल पुल हो। दुवै पुल यूएसबीआरएल परियोजनाका महत्वपूर्ण इन्जिनियरिङ संरचनामा पर्छन् र यस रेलखण्डमा रेल सञ्चालनका लागि महत्वपूर्ण मानिन्छन्।

रेलको अधिकतम गति ७५ बाट बढ़ाएर १०० किलोमिटर प्रतिघण्टा पुर्याइएसँगै कटरा र बनिहालबीच रेल सञ्चालन क्षमता बढ्नेछ। यसबाट रेल सञ्चालन सहज हुनुका साथै यात्रुले यात्रा समय बचतको लाभ पाउनेछन्।

/ बिशाल


 rajesh pande