
नयाँ दिल्ली, २१ अक्टोबर (हि.स.)। कांग्रेसका पूर्वअध्यक्ष तथा लोकसभामा विपक्षी दलका नेता राहुल गान्धीले बुधवार यहाँ भिजन आईएएस कोचिङ संस्थानका विद्यार्थीसँग भेटघाट गरेका छन्।
राजनीतिक वृत्तमा राहुल गान्धी भियतनाम भ्रमणमा रहेको चर्चा भइरहेका बेला यो भेटघाट भएको हो। यस भेटका क्रममा राहुलसँग कांग्रेस महासचिव प्रियंका गान्धी वाड्रा पनि उपस्थित थिइन्।
कांग्रेसको आधिकारिक सामाजिक सञ्जाल एक्समा भेटघाटका तस्बिरहरू साझा गर्दै विद्यार्थीहरूले संस्थानमा पढ़ाइ, मार्गदर्शन तथा अध्ययन सामग्रीको गुणस्तरमा आएको ह्रास र शुल्क फिर्ताको मागबारे व्यवस्थापन पक्षबाट जवाफ नपाएको गुनासो गरेको जानकारी दिएको छ।
कांग्रेसले आफ्नो पोस्टमा विद्यार्थीहरूले शिक्षणको गुणस्तर, मार्गदर्शन तथा अध्ययन सामग्रीको स्तरमा तीव्र ह्रास आएको भन्दै गम्भीर चिन्ता व्यक्त गरेको जनाएको छ। कांग्रेस अनुसार, विद्यार्थीहरूले शुल्क फिर्ता गर्न गरेको मागमा संस्थानको व्यवस्थापनले कुनै जवाफ नदिइरहेको बताएका छन्।
यसअघि भाजपाले सोमवार एक्समा एउटा भीडियो साझा गर्दै राहुल गान्धी भियतनाम जाँदै गरेको दाबी गरेको थियो। भाजपाले उक्त भीडियो मार्फत व्यङ्ग्य गर्दै झुट फैलाउँदा–फैलाउँदै थाकेपछि उनी केही दिन घुम्न जान लागेको टिप्पणी गरेको थियो। उक्त भीडियोमा राहुल एउटा विमानभित्र बसेको देखिएका छन्।
त्यसपछि मंगलवार शिवसेना (उद्धव बालासाहेब ठाकरे) समूहका नेता सञ्जय राउतको एउटा भीडियो साझा गरिएको थियो। उक्त भीडियोमा राउतले राहुल भियतनाम गएको र उनी फर्किएपछि अन्य मुद्दाहरूबारे छलफल गरिने बताएका छन्।
यो भीडियो साझा गर्दै राहुल भियतनाममा कसलाई भेट्न जाँदैछन् भन्ने प्रश्न उठाइएको थियो। देशको सीमा बाहिर यस्तो कस्तो योजना बनिरहेको छ? उनी भारत फर्किएपछि के परिवर्तन हुनेछ? पोस्टमा सञ्जय राउतले आखिर किन यस्ता बयान दिइरहेका छन् भन्ने प्रश्न समेत गरिएको थियो।
हिन्दुस्थान समाचार / भवानी थामी