एसियाली पारा खेलकुद: आयुष वर्माले शट पुट एफ-५३ स्पर्धामा जिते स्वर्ण
आयुष वर्मा (फोटो-भारतीय खेल प्राधिकरण)


आइची-नागोया, २१ अक्टोबर (हि.स.)। भारतका पारा खेलाडी आयुष वर्माले एसियाली पारा खेलकुद-२०२६ मा पुरुष शट पुट एफ-५३ स्पर्धामा स्वर्ण पदक जितेर देशको गौरव बढाएका छन्। उनले आफ्नो पाँचौँ प्रयासमा ८.१६ मिटरको उत्कृष्ट दूरी हासिल गर्दै पहिलो स्थान प्राप्त गरे। यस स्वर्ण पदकसँगै आयुषले जारी खेलकुदमा आफ्नो दोस्रो पदक जितेका छन्। यसअघि उनले पुरुष भाला फ्याँक एफ-५३/एफ-५४ स्पर्धामा कांस्य पदक जितेका थिए।

शट पुट स्पर्धामा इरानका अलीरेजा हेमामीले ८.०९ मिटरको दूरी हासिल गर्दै रजत पदक जिते भने कजाकिस्तानका मखाम्बेट सेरिक्कालिएभले ६.८१ मिटरको दूरीसहित कांस्य पदक प्राप्त गरे।

उत्तर प्रदेशको मेरठका निवासी आयुष वर्माको जन्म १५ जुलाई, १९९१ मा भएको थियो। उनी एफ-५३ वर्गअन्तर्गत बसेर फ्याँकिने स्पर्धाहरूमा सहभागी हुन्छन्। उनले सन् २०२० मा पारा खेलकुदमा प्रतिस्पर्धात्मक यात्रा शुरु गरेका थिए। प्रशिक्षक रोबिन कुमारको मार्गदर्शनमा उनले शट पुटको अभ्यास गरेका हुन्।

आयुषको यस उपलब्धिसँगै एसियाली पारा खेलकुदमा भारतीय टोलीको पदक सङ्ख्यामा थप एक स्वर्ण पदक जोडिएको छ। उनको प्रदर्शनले अन्तरराष्ट्रिय स्तरमा भारतीय पारा एथलेटिक्सको बढ्दो सशक्ततालाई समेत प्रतिबिम्बित गरेको छ।

हिन्दुस्थान समाचार / बिशाल


 rajesh pande