
गुवाहाटी, 22 अक्टोबर (हि.स.)। असमका मुख्यमन्त्री डा. हिमन्त विश्व सरमाले बिहीवार अहोम समुदायको ऐतिहासिक धरोहर, साहस, त्याग एवं मातृभूमिप्रतिको अटुट प्रेमलाई स्मरण गरे।
बिहीवार सोशल मिडियामा एउटा पोस्ट साझा गर्दै मुख्यमन्त्रीले भने, अहोमहरूको विरासत साहस, त्याग र मातृभूमिप्रति अटुट प्रेमको गाथाले लेखिएको छ। उनले जामुगुड़ीहाटमा असमको समृद्ध सांस्कृतिक सम्पदाको प्रतीक प्राप्त गर्न पाउँदा खुशी र सम्मान व्यक्त गरे।
अहोम वंशले लगभग छ शताब्दीसम्म असममा शासन गरेको थियो। त्यस अवधि, अहोम शासकहरूले यस क्षेत्रको राजनीतिक र सांस्कृतिक पहिचानलाई सुदृढ पार्न महत्त्वपूर्ण भूमिका खेले। मुगल आक्रमणहरू विरुद्धको उनीहरूको प्रतिरोध तथा यस क्षेत्रको सार्वभौमिकताको रक्षा गर्ने प्रयासको असमको इतिहासमा विशेष स्थान छ। अहोमहरूको वीरता अनि बलिदानले आज पनि राज्यका जनतालाई प्रेरणा दिइरहेको छ।
--------
/ बिशाल