
बेतिया, २२ अक्टोबर (हि.स.)। बिहारको बेतिया जिल्ला स्थित नौतन थाना क्षेत्रको दक्षिण तेलहुआ पञ्चायत अन्तर्गत शाह टोलामा पुलिसले छापा मारेर ठूलो परिमाणमा विदेशी रक्सी जफत गरेको छ। कन्हैया साहको घरको आँगनबाट ई–रिक्सामा लोड गरिएको अवस्थामा कूल १२४.४७ लिटर विदेशी रक्सी जफत गरिएको हो। पुलिस आएको सूचना पाएपछि कथित रक्सी कारोबारी घटनास्थलबाट फरार भएका छन्।
थानाध्यक्ष राजीव कुमारको नेतृत्वमा गरिएको यस कारबाहीपछि क्षेत्रमा अवैध रक्सी कारोबारमा संलग्न व्यक्तिहरूबीच हलचल मच्चिएको छ। पुलिसले फरार कारोबारीको खोजी गरिरहेको छ भने जफत रक्सीको सम्बन्धमा आवश्यक कानूनी कारबाही अघि बढ़ाइएको छ।
उल्लेखनीय छ, नौतन थाना क्षेत्रमा दुई दिनअघि पनि पुलिसले ठूलो परिमाणमा विदेशी रक्सी जफत गरेको थियो। लगातार भइरहेको बरामदगीसँगै क्षेत्रमा अवैध रक्सी कारोबारको विषय फेरि चर्चामा आएको छ।
हिन्दुस्थान समाचार / भवानी थामी