तोषमा २.०२२ किलो चरस सहित नेपाली मूलकी महिला पक्राउ
Vjdv


कुल्लु, २३ अक्टोबर (हि.स.)। हिमाचल प्रदेशको कुल्लु जिल्लास्थित तोष क्षेत्रमा जिल्ला डिटेक्सन सेलको टोलीले लागुऔषध तस्करी विरुद्ध चलाएको अभियान अन्तर्गत एक महिलालाई २.०२२ किलो चरेस सहित पक्राउ गरेको छ।

पक्रा परेकी महिला मूल रूपमा नेपालकी बासिन्दा हुन् र हाल तोष गाउँमा बस्दै आएकी थिइन्। पुलिसले उ विरुद्ध एनडीपीएस एक्ट अन्तर्गत मुद्दा दर्ता गरी अनुसन्धान शुरु गरेको छ।

पुलिस अनुसार, जिल्ला डिटेक्सन सेलको टोली बरशैणी–तोष सडकखण्डमा हिम ट्र्याक/जै-जै धार नजिकै रहेको पार्किङ क्षेत्रमा गस्ती तथा नाकाबन्दीमा खटिएको थियो। सोही क्रममा शंकास्पद गतिविधिका आधारमा टोलीले ३९ वर्षीया महिलालाई रोकेर खानतलासी गरेको थियो। खानतलासीका क्रममा उदेखि २.०२२ किलो चरेस जफत भएको पुलिसले जनाएको छ।

घटनाको पुष्टि गर्दै कुल्लुका पुलिस अधीक्षकले आरोपी महिलालाई पक्राउ गरिएको जानकारी दिएका छन्। उ विरुद्ध मणिकर्ण पुलिस थाना एनडीपीएस एक्टको धारा २० अन्तर्गत मुद्दा दर्ता गरिएको छ।

पुलिसले जफत चरेस कहाँबाट ल्याइएको थियो र कहाँ आपूर्ति गर्ने योजना थियो भन्नेबारे अनुसन्धान गरिरहेको छ। साथै, यस अवैध कारोबारमा संलग्न अन्य व्यक्तिहरूको पहिचान गर्ने प्रयास पनि भइरहेको छ। घटनामा संलग्न रहेको पाइएमा अन्य आरोपीहरू विरुद्ध पनि नियमानुसार कारबाही गरिने पुलिसले जनाएको छ।

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande