
काठमाडौं, २३ अक्टोबर (हि.स.)। नेपालका अर्थमन्त्री डा. स्वर्णिम वागलेले नेपालमा हालै आएका प्राकृतिक विपद्का बेला भारतले उपलब्ध गराएको सहयोगप्रति आभार व्यक्त गरेका छन्।
भारतको राजधानी नयाँ दिल्लीमा आयोजित विश्व शिखर सम्मेलन २०२६ का क्रममा उनले भारतीय विदेशमन्त्री डा. एस. जयशङ्करसँग नेपाल-भारत सम्बन्ध तथा क्षेत्रीय हितसँग सम्बन्धित विषयमा प्रत्यक्ष संवाद गरेका थिए। ‘अ वर्ल्ड बिटविन अर्डर्स’ सम्मेलनमा उनले जलवायु परिवर्तनका कारण रसुवा र भोटेकोशी क्षेत्रमा हालै आएको विपद् तथा सन् २०१५ को विनाशकारी भूकम्पका बेला भारतले गरेको तत्काल सहयोगको उल्लेख गरेका थिए।
नेपालको अर्थ मन्त्रालयका अनुसार, अर्थमन्त्री वागलेले हालैको विपद् र भूकम्पका बेला प्रारम्भिक केही घण्टाभित्रै भारत सहयोगका लागि आइपुगेको र असाधारण सहयोग उपलब्ध गराएको बताएका छन्। यसका लागि नेपाल अत्यन्त आभारी रहेको उनले उल्लेख गरेका छन्।उनले विपद् व्यवस्थापन, पोषण र स्वच्छ ऊर्जाजस्ता क्षेत्रमा द्विपक्षीय, त्रिपक्षीय तथा उपक्षेत्रीय स्तरमा सहकार्यलाई संस्थागत रूप दिने सम्भावनाबारे पनि प्रश्न उठाएका थिए।यसको जवाफमा भारतीय विदेशमन्त्री एस. जयशङ्करले सम्भव भएका क्षेत्रमा औपचारिक संस्थागत संरचनाको महत्त्व कायम रहने बताए। उनले अन्तरराष्ट्रिय सौर्य गठबन्धनलाई यसको उदाहरणका रूपमा प्रस्तुत गरे।जयशङ्करले पछिल्लो समय समान विचारधारा भएका देशहरूबीच आवश्यकताअनुसार सहकार्य गर्ने र ठोस परिणाम दिने पहललाई प्राथमिकता दिने प्रवृत्ति बढिरहेको पनि बताएका छन्।
हिन्दुस्थान समाचार / बिशाल