मुख्यमन्त्री तामाङले लिए केरलमा सद्याको स्वाद
मुख्यमन्त्री तामाङले लिए केरलमा सद्याको स्वाद


गान्तोक, २३ अक्टोबर (हि.स.)। मुख्यमन्त्री प्रेमसिंह तामाङले केरलमा परम्परागत भोजनको अनुभव साझा गरेका छन्। उनी नवनियुक्त राज्यपाल ओमप्रकाश माथुरको शपथ ग्रहण समारोहमा भाग लिन केरल गएका छन्। राज्यपाल माथुर सिक्किमका पूर्व राज्यपाल हुन्।

मुख्यमन्त्री तामाङले आज सामाजिक सञ्जालमार्फत लेखेका छन्, “परम्परागत केरला सद्याको स्वाद लिनु एक सुखद अनुभव रह्यो। यो स्वादिष्ट भोजले केरलाको समृद्ध पाक सम्पदा, जीवन्त संस्कृति र न्यानो आतिथ्यलाई सुन्दर ढङ्गले प्रतिबिम्बित गर्दछ।

केरला सद्या केराको पातमा पस्किने परम्परागत भोजन हो। यो राज्यका विविध स्वाद, पुराना रीतिरिवाज तथा पाक परम्पराहरूको अद्भुत उत्सव हो। केरलाको यो प्रामाणिक स्वादको आनन्द लिनु र राज्यलाई विशिष्ट बनाउने सांस्कृतिक समृद्धिको सराहना गर्नु वास्तवमै अविस्मरणीय अनुभव रह्यो।”

---------------

हिन्दुस्थान समाचार / बिशाल


 rajesh pande