मुख्य निर्वाचन आयुक्तलाई बचाउन सरकारले सबै हथकण्डा अपनाउँदैछः खरगे
काँग्रेस अध्यक्ष मल्लिकार्जुन खरगे


नयाँ दिल्ली, २६ अक्टोबर (हि.स.)। कांग्रेस अध्यक्ष मल्लिकार्जुन खरगेले मतदाता नामावलीको विशेष गहन पुनरीक्षण (एसआईआर) मा प्रयोग भइरहेको सफ्टवेयरबारे सूचनाको अधिकार (आरटीआई) अन्तर्गत जानकारी माग्दा निर्वाचन आयोगले यसलाई ‘व्यापारिक गोपनीयता’ भन्दै जानकारी दिन अस्वीकार गरेको आरोप लगाएका छन्। उनले मत चोरीको आरोप सम्बन्धी लगातार खुलासाहरू भइरहे पनि सरकारले मुख्य निर्वाचन आयुक्त ज्ञानेश कुमारलाई बचाउन सबै हथकण्डा अपनाइरहेको आरोप लगाए।

खरगेले सामाजिक सञ्जाल एक्स मार्फत उत्तर प्रदेशमा मतदाता नामावलीसँग सम्बन्धित मामिलाहरूको उल्लेख गर्दै १६.१८ लाख फारम-६ आवेदनको विवरण सार्वजनिक नगरिएको बताए। उनले पीलीभीतमा १० हजार ४७० मतदाताको अभिलेखमा अनियमितता भएको आरोप समेत लगाए। उनले अब उत्तर प्रदेशमा फारम-६, ७ र ८ को जाँच गर्न आदेश दिनुपर्ने अवस्था आएको बताए।

खरगेल मुख्य निर्वाचन आयुक्त ज्ञानेश कुमारसँग राजीनामा दिन माग गर्दै उनलाई संरक्षण प्रदान गर्ने भनिएको साल २०२३ को कानून फिर्ता लिन पनि माग गरे। उनले एसआईआर प्रक्रिया तत्काल रोक्न तथा कथित रूपमा अवैध ढङ्गले हटाइएका मतदाताका नाम पुनः समावेश गर्न माग गरे। उनले सबै निर्वाचन मतपत्र मार्फत गराउनुपर्ने माग समेत गरे।

कांग्रेस अध्यक्षले नागरिकहरूलाई १ नोभेम्बरमा दिल्लीको रामलीला मैदान पुगेर ‘भोट बचाऔँ-देश बचाऔँ’ मार्च तथा विशाल जनसभामा सहभागी हुन अपील गरे। उनले मतदाता नामावली र निर्वाचन प्रक्रियासँग सम्बन्धित विषयमा यस अभियानमा सहभागी हुन पनि सर्वसाधारणलाई आग्रह गरे।

/ बिशाल


 rajesh pande