
नयाँ दिल्ली, २६ अक्टोबर (हि.स.)। कांग्रेस अध्यक्ष मल्लिकार्जुन खरगेले मुख्य निर्वाचन आयुक्त ज्ञानेश कुमारको राजीनामा तथा मतदाता नामावलीको विशेष गहन पुनरीक्षण (एसआईआर) प्रक्रिया तत्काल रोक्नुपर्ने माग सहित १ नोभेम्बरमा दिल्लीको रामलीला मैदानमा आयोजना हुने ‘भोट बचाऔँ, देश बचाऔँ’ र्यालीमा ठूलो सङ्ख्यामा सहभागी हुन सर्वसाधारणलाई अपील गरेका छन्।
खरगेले सोमवार सामाजिक सञ्जाल एक्समा भीडियो जारी गर्दै चाड़पर्वको समयमा मानिसहरू अत्यधिक महँगीको मारमा परिरहेको तर सरकारलाई यसप्रति कुनै चिन्ता नरहेको बताए। उनले करोड़ौं भारतीय नागरिकको मतदान गर्ने संवैधानिक अधिकार खतरामा रहेको उल्लेख गर्दै यसका लागि निर्वाचन आयुक्त ज्ञानेश कुमारलाई जिम्मेवार ठहर गरे।
खरगेले सबै विपक्षी दलहरूको माग ज्ञानेश कुमारले राजीनामा दिनुपर्ने र एसआईआर प्रक्रिया तत्काल रोक्नुपर्ने रहेको बताए। यी मागहरूलाई लिएर १ नोभेम्बरमा दिल्लीको रामलीला मैदानमा ‘भोट बचाऔँ, देश बचाऔँ’ महार्याली आयोजना गरिने उनले जानकारी दिए।
/ बिशाल