
नयाँ दिल्ली, २६ अक्टोबर (हि.स.)। राष्ट्रपति भवन नजिकै अवस्थित नर्थ ब्लकमा सोमवार आगलागी भएको सूचनाले कोकोहोलो मच्चियो। भवनको माथिल्लो भागबाट धुवाँको मुस्लो देखिएपछि दमकल विभागलाई खबर गरियो। यद्यपि, प्रारम्भिक जानकारी अनुसार नर्थ ब्लकको छतमा निर्माण कार्यका क्रममा वेल्डिङ गर्दा निस्किएको झिल्काका कारण धुवाँ उत्पन्न भएको थियो। उक्त घटनालाई तत्काल नियन्त्रणमा लिइयो।
दिल्ली अग्निशमन सेवा (डीएफएस) अनुसार, नर्थ ब्लकमा आगलागी भएको सूचना प्राप्त भएपछि दमकलका गाड़ीहरू घटनास्थलतर्फ पठाइयो। घटनास्थलको अवस्थाबारे जानकारी लिइँदैछ।
राज्यसभा सदस्य मिलिन्द देवराले पनि सामाजिक सञ्जाल प्लेटफर्म एक्समा धुवाँको तस्बिर साझा गरे। उनले संसद जाने क्रममा नर्थ ब्लकको पछाड़ीबाट बाक्लो धुवाँ निस्किरहेको देखेको बताए। उनले सबैजना सुरक्षित रहेको र आपत्कालीन सेवाहरूले तीव्र गतिमा कारबाही गरिरहेको आशा व्यक्त गरे।
हिन्दुस्थान समाचार / भवानी थामी