अमित शाहमाथि टिप्पणी गरेको मानहानि मुद्दामा राहुल गान्धी बरी
राहुल गांधी


लखनऊ, २६ अक्टोबर (हि.स.)। कांग्रेसका वरिष्ठ नेता तथा लोकसभामा विपक्षी दलका नेता राहुल गान्धीलाई मानहानि मुद्दामा उत्तर प्रदेशको सुल्तानपुर जिल्ला स्थित विशेष एमपी-एमएलए अदालतले बरी गरेको छ।

यो मुद्दा साल २०१८ मा तत्कालीन भाजपा अध्यक्ष अमित शाह विरुद्ध गरिएको टिप्पणीसँग सम्बन्धित छ। अगस्त २०१८ मा यो मुद्दा अदालतमा दर्ता गरिएको थियो।

राहुल गान्धीले साल २०१८ मा कर्नाटक विधानसभा चुनाउका क्रममा बेङ्गलुरुमा अमित शाह विरुद्ध कथित रूपमा आपत्तिजनक टिप्पणी गरेका थिए। त्यतिबेला अमित शाह भाजपाका राष्ट्रिय अध्यक्ष थिए।

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande