उत्तर प्रदेशको फिरोजाबादमा सडक दुर्घटना, चार जनाको मृत्यु, आठ जना घाइते
घायलों को अस्पताल लाती पुलिस


अस्पताल में जिलाधिकारी व वरिष्ठ पुलिस अधीक्षक


फिरोजाबाद, २६ अक्टोबर (हि.स.)। उत्तर प्रदेशको फिरोजाबादस्थित नसीरपुर थाना क्षेत्रको छटनपुर गाउँमा आइतबार राति टेशु-झिझियाँको विवाहपछि विसर्जनका लागि गइरहेका गाउँलेहरूलाई तीव्र गतिमा आएको कारले ठक्कर दिएको छ। दुर्घटनामा दुई किशोरीसहित चार जनाको मृत्यु भएको छ भने करिब आठ जना घाइते भएका छन्। घाइतेहरूको अस्पतालमा उपचार भइरहेको छ।

गाउँलेहरूका अनुसार, छटनपुर गाउँमा शरद पूर्णिमाका अवसरमा टेशु-झिझियाँको विवाह सम्पन्न भएपछि राति गाउँका युवतीहरूले सडकछेउमा रहेको इनारमा टेशु-झिझियाँको विसर्जन गरिरहेका थिए। यसै क्रममा तीव्र गतिमा आएको एउटा कारले सडकछेउमा उभिएका युवती तथा गाउँलेहरूलाई ठक्कर दिँदै कुल्चिएको थियो। दुर्घटनापछि चालक कारसहित घटनास्थलबाट भागेका थिए। गाउँलेहरूले कारको पिछा गर्दै घेराबन्दी गरेर रोक्ने प्रयास गर्दा चालकले फेरि मानिसहरूलाई ठक्कर दिए। त्यसपछि चालक कार लिएर पुनः भाग्न खोजे। गाउँलेहरूले घेराबन्दी गरेर कार रोके र त्यसमा सवार चार जनालाई नियन्त्रणमा लिए। आक्रोशित गाउँलेहरूले उनीहरूलाई कुटपिटसमेत गरे। यस दुर्घटनामा धेरै जना घाइते भएका छन्।

घटनाको सूचना पाएपछि पुलिस घटनास्थलमा पुग्यो र सबै घाइतेलाई तत्काल अस्पताल पुर्यायो। चिकित्सकहरूले आकाङ्क्षा (१५), अञ्जली (१५), दीपिका (१९) र हरिश उर्फ सोनु (२५) लाई मृत घोषणा गरे। दुर्घटनामा करिब आठ जना घाइते भएका छन्। घाइतेहरूमा चन्द्रवीर, उमाशङ्कर, धीरज, सोनु, मयङ्क, पूजा, मोहिनी, सुमनलगायत रहेका छन्। कारमा दिल्ली निवासी इरफान, गुफरान, देवेश र जगदीश सवार थिए। पुलिसले उनीहरूलाई हिरासतमा लिएको छ।

जिल्लाधिकारी सन्तोष कुमार शर्मा र वरिष्ठ पुलिस अधीक्षक आदित्य लाङ्घेसहित अन्य प्रशासनिक तथा पुलिस अधिकारीहरूले घटनास्थल र अस्पताल पुगेर पीडित परिवारलाई सहयोग तथा घाइतेहरूको उचित उपचारको व्यवस्था गर्ने आश्वासन दिएका छन्।

जिल्लाधिकारीका अनुसार, दुर्घटनामा चार जनाको मृत्यु भएको छ भने आठ जना घाइते भएका छन्। मृतकका परिवारलाई आर्थिक सहायता उपलब्ध गराउने प्रयास गरिनेछ। घाइतेहरूलाई अस्पतालमा भर्ना गरिएको छ। वरिष्ठ पुलिस उपरीक्षकका अनुसार, दुर्घटनामा दुई वयस्क र दुई बालिकासहित कुल चार जनाको मृत्यु भएको छ भने अन्य आठ जना घाइते भएका छन्।

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande