
दुवै गुरुद्वारा साहिबमा दर्शन गरेर फर्किरहेका थिए, आक्रमणकारीहरूले 7-8 राउण्ड गोली दागे
अमृतसर, 27 अक्टोबर (हि.स.)। पञ्जाबको अमृतसर ग्रामीण क्षेत्रको झिते कलाँ गाउँमा गए सोमवार राती पुरानो वैमन्सयताको कारणले आम आदमी पार्टी (आआप)- का नेता कराज सिंहका भाइ तिरथ सिंहको गोली दागी हत्या गरियो। आक्रमणमा उनका साथी रणजित सिंहलाई पनि गोली लाग्यो। दुवैजना गाउँको गुरुद्वारा साहिबमा दर्शन गरेर फर्किरहेका थिए, यसै अवधि आक्रमणकारीहरूले उनीहरूमाथि गोली चलाए।
पुलिस अनुसार आक्रमणकारीहरूले करिब 7 देखि 8 राउण्ड गोली दागे अनि अपराध गरेपछि घटनास्थलबाट भागे। तिरथ सिंह गम्भीर रूपमा घाइते भए जसलाई अस्पताल लगियो जहाँ डाक्टरहरूले उनलाई मृत घोषित गरिदिए। घाइते रणजित सिंहको अस्पतालमा उपचार भइरहेको छ। उनको अवस्था खतरादेखि बाहिर रहेको बताइएको छ।
अमृतसर ग्रामीणका वरिष्ठ पुलिस अधीक्षक (एसएसपी) कँवलप्रीत सिंह चहलले बताए, यस मामिलामा गुरदित सिंह, हरकिरत सिंह, गुर्जन्ट सिंह एवं गोरा गाउँ निवासी झिते कलाँविरूद्ध मुद्दा दर्ता गरिएको छ। पुलिसको टीमले उनीहरूलाई पक्राउ गर्नको लागि छापामारी गरिरहेको छ। गुरदित सिंहको करज सिंह र उनको परिवारसँग पुरानो शुत्रुता रहेको बताइएको छ। यसअघि पनि दुई पक्षबीच विवाद भएको थियो, तर गाउँका जनताले हस्तक्षेप गरी मुद्दा सुल्झाएका थिए।
पुलिस अनुसार सोमवार राती गुरुद्वारा साहिब नजिकै तिरथ सिंह र उनका साथीलाई आक्रमणकारीहरूले घेरे। यस अवधि भनाबैरी हुँदा विवाद बढ़ेर झगडामा परिणत भयो। त्यसपछि गुरदित सिंहका सहयोगीहरू पनि घटनास्थलमा पुगे अनि तिरथ सिंहमाथि गोली चलाए। कराज सिंह ब्लक कमिटीका सदस्य हुन् भने उनकी आमा आम आदमी पार्टीसँग जोडिएकी गाउँकी सर्पञ्च हुन्। परिवारका सदस्यहरूको बयानको आधारमा चाटीभिण्ड पुलिस स्टेशनको पुलिसले चार जना अभियुक्तविरुद्ध मुद्दा दर्ता गरेको छ। पुलिसले यस विषयमा अनुसन्धान गरिरहेको छ।
-------------
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा