सिलचर नगरनिगम चुनाउमा विजयी कङ्ग्रेस उम्मेद्वार राजश्री गोवाल राजीव भवनमा सम्मानित
শিলচৰ পৌৰসভাৰ নিৰ্বাচনত জয়ী কংগ্ৰেছ প্ৰাৰ্থী ৰাজশ্ৰী গোৱালাক ৰাজীৱ ভৱনত সম্বৰ্ধনা দৃশ্য


गुवाहाटी, 27 अक्टोबर (हि.स.)। सिलचर नगरनिगमको चुनाउमा विजय भएकी कङ्ग्रेस उम्मेद्वार राजश्री गोवालालाई आज असम प्रदेश कङ्ग्रेस कमिटी (एपीसीसी) मुख्यालय राजीव भवनमा अखिल भारतीय कङ्ग्रेस कमिटी (एआईसीसी)- का महासचिव एवं असम कङ्ग्रेस प्रभारी छत्तीसगढ़का पूर्व मुख्यमन्त्री भुपेश बघेलले सम्मानित गरे। असम प्रदेश कङ्ग्रेस कमिटी (एपीसीसी)- का अध्यक्ष गौरव गोगोईको उपस्थितिमा यो सम्मान कार्यक्रम सम्पन्न भयो।

कार्यक्रममा धुबड़ी लोकसभा निर्वाचन क्षेत्रका सांसद रकिबुल हुसेन, असम विधानसभामा विपक्षका नेता वाजेद अली चौधरी, एपीसीसीका प्रशासनिक महासचिव बिपुल गोगोई तथा कङ्ग्रेस नेता प्राञ्जल घाटोवार सहित केही वरिष्ठ नेता एवं पार्टी पदाधिकारीहरू उपस्थित थिए।

--------

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande