जम्मू-कश्मीरलाई राज्यको दर्जा बहाल नगरेसम्म क्याबिनेटमा सामेल हुने छैनौंः कङ्ग्रेस
जम्मू-कश्मीरलाई राज्यको दर्जा बहाल नगरेसम्म क्याबिनेटमा सामेल हुने छैनौंः कङ्ग्रेस


श्रीनगर, 27 अक्टोबर (हि.स.)। जम्मू-कश्मीर प्रदेश कङ्ग्रेस कमिटी (जेकेपीसीसी) का अध्यक्ष तारिक हमिद कर्राले मङ्गलवार भने, उनको पार्टी उमर अब्दुल्ला नेतृत्वाधिन सरकारमा सामेल हुने छैन। यस विषयमा आफ्नो पार्टीको धारणा विगत दुई वर्षदेखि स्पष्ट रहेको उनले दोहोऱ्याए।

पत्रकारहरूसँग कुराकानी गर्दै कर्राले भने, आज मन्त्रिपरिषद्को विस्तार भएको छ जसान्तर्गत चार जना विधायकहरूले मन्त्रीका रूपमा शपथ लिएका छन्। हामी मन्त्रीमण्डलमा सामेल नहुने कुरा विगत दुई वर्षदेखि नै भन्दै आएका छौँ। अब कङ्ग्रेस मन्त्रीमण्डलमा किन सामेल भइरहेको छैन भनेर बारम्बार व्याख्या गर्न आवश्यक छैन, उनले भने।

उनले भने, जम्मू-कश्मीरलाई राज्यको दर्जा बहान गर्न भइरहेको ढिल्याईले गर्दा कङ्ग्रेसले उमर अब्दुल्लाको नेतृत्वमा रहेको मन्त्रीमण्डलबाट बाहिर रहने निर्णय गरेको हो। कर्राले भने, जबस्म जम्मू-कश्मीर केन्द्रशासित प्रदेश रहिरहनेछ तबसम्म पार्टीले कुनै पनि मन्त्री पद स्वीकार गर्ने छैन।

/ बिशाल


 rajesh pande