
धुबरी (असम), 27 अक्टोबर (हि.स.)। असममा बाल विवाह विरुद्ध जारी अभियान अन्तर्गत धुबड़ी जिल्ला पुलिसले ठूलो कारबाही गर्दै विभिन्न मामिलामा 64 जना मानिसहरूलाई पक्राउ गरेको छ। पुलिसको कारबाहीले जिल्लामा बाल विवाह गराउने एवं सहयोग गर्नेहरूविरूद्ध कड़ा कदम उठाउने सङ्केत दिएको छ।
जानकारी अनुसार धुबड़ी सदर थाना अन्तर्गतका विभिन्न क्षेत्रहरूमा सञ्चालन गरिएको अभियानको क्रममा बाल विवाहसँग सम्बन्धित मामिलामा 18 जनालाई पक्राउ गरिएको छ। पक्राउ परेका व्यक्तिहरूमा विवाहमा संलग्न बेहुलाहरू र अवैध गतिविधिमा कथित रूपमा सहयोग गर्ने नाबालिकहरूका अभिभावकहरू सामेल छन्।
पुलिस सूत्र अनुसार जिल्लाको धुबड़ी, गौरीपुर, गोलकगञ्ज, अगमानी, सपटग्राम, बिलासिपाड़ा, चापर तथा फकिरगञ्ज थानाहरूमा दर्ता बाल विवाहका विभिन्न मुद्दाहरूको आधारमा यो पक्राउ भएको हो। पुलिसले बाल विवाहमाथि रोक लगाउन तथा यस अवैध प्रथालाई प्रेरित गर्नेहरूविरूद्ध कारबाही गर्नको लागि अभियान सञ्चालन गरिरहेको छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा