
कोलकाता, 27 अक्टोबर (हि.स.): पश्चिम बङ्गालमा तृणमूल कङ्ग्रेस छोडेर भारतीय जनता पार्टी (भाजपा)- मा सामेल भएका नेताहरूलाई पार्टीमा सामेल गरेको सन्दर्भमा भिन्न-भिन्न विचारहरू उजागार भइरहेका छन्। यसैबीच मङ्गलवार भाजपा नेता दिलीप घोषले यस मुद्दामा शुभेन्दु अधिकारीको धारणालाई समर्थन गर्दै भने, यदि कङ्ग्रेसका मानिसहरू भाजपामा आउन सक्छन् भने तृणमूलका मानिसहरूलाई पनि स्वीकार गर्न सकिन्छ।
आगामी नगरपालिका चुनाउअघि राजनीतिक जगतमा तृणमूल कङ्ग्रेसका धेरै जना पूर्व काउन्सिलरहरू भाजपामा सामेल हुनसक्ने चर्चा चलिरहेको छ। यस अवस्थामा उनीहरूलाई चुनाउको टिकट दिन सक्ने अड़कल लगाइँदैछ। तथापि भाजपाका प्रदेश अध्यक्ष शमिक भट्टाचार्यले यस मामिलामा 'नो एन्ट्री'- को नीति अप्नाएका छन्। उनको विचारलाई भाजपाका सांसद सुकान्त मजुमदारले पनि समर्थन गरेका छन्।
अर्कातिर शुभेन्दु अधिकारीका नजिकका नेताहरूको मान्यता छ, नगरपालिका सञ्चालन गर्न अनुभवी व्यक्तिहरूको आवश्यक पर्छ। तसर्थ, नगरपालिकाको कार्यप्रणालीबारे राम्रो ज्ञान भएका व्यक्तिहरूलाई भाजपामा सामेल गराएर चुनाउमा उम्मेद्वार बनाउन सकिन्छ।
यस सम्बन्धमा मङ्गलवार प्रश्न सोध्दा दिलीप घोषले भने, राजनीतिमा भावनाको लागि कुनै स्थान छैन। यदि कङ्ग्रेसबाट आउन सक्नसक्छ भने तृणमूलबाट पनि आउन सक्छ।
यद्यपि दिलीप घोषले भने, भाजपामा सामेल हुने नेताहरूले पार्टीको कार्यप्रणालीसित तालमेल राख्न सक्छन् कि सक्दैनन्, यो हेर्न बाँकी छ। उनले भने, आउनेहरूले भाजपाको काम गर्ने शैलीसँग तालमेल राख्न सक्छ कि सक्दैन, विचार गर्नुपर्छ। यी सबै विषयमा निर्णय लिने पार्टीको काम हो।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा