ढाकामा कम्युनिस्ट पार्टी अफ बंगलादेशको कार्यालयमाथि आक्रमण
ढाका के पलटन इलाके में कुछ लोग सोमवार रात कम्युनिस्ट पार्टी ऑफ बांग्लादेश के कार्यालय 'मुक्ति भवन' पर हमला करते। फोटो -  ढाका ट्रिब्यून


ढाका (बंगलादेश), २७ अक्टोबर (हि.स.)। बंगलादेशको राजधानी ढाकाको पल्टन क्षेत्रमा सोमबार राति करिब १० बजी केही व्यक्तिले बंगलादेशको कम्युनिस्ट पार्टी (सीपीबी) को कार्यालय ‘मुक्ति भवन’ माथि आक्रमण गरेका छन्। सीपीबीले यस घटनाका लागि बंगलादेश नेसनलिस्ट पार्टी (बीएनपी) र जमात-ए-इस्लामीका कार्यकर्तालाई जिम्मेवार ठहर गरेको छ। बीएनपीले भने यी आरोप अस्वीकार गरेको छ।

‘ढाका ट्रिब्युन’ को समाचारअनुसार, सीपीबी केन्द्रिय समितिका अध्यक्ष सज्जाद जाहिर चन्दनले युवाहरूको एउटा समूहले पार्टी कार्यालयमाथि अचानक आक्रमण गरेको बताए। उनले यसका लागि बीएनपी र जमातका कार्यकर्तालाई जिम्मेवार ठहर गरे। उनका अनुसार, बंगलादेश छात्र सङ्घका पूर्वअध्यक्ष दीपक शीललाई साँझ हिरासतमा लिइएपछि र पछि रिहा गरिएपछि यो परिस्थिति उत्पन्न भएको हो।

चन्दनका अनुसार, आक्रमणकारीहरूले सीपीबीका कार्यकर्तामाथि ‘जय बङ्गला’ नारा लगाएको आरोप लगाएका थिए। यद्यपि, उनले पार्टी कार्यालयबाट त्यस्तो कुनै नारा नलगाइएको स्पष्ट पारे।

पल्टन पुलिस थानाका प्रभारी अधिकारी आरिफुल इस्लामले दीपक शील रिहा भएपछि उनका समर्थकहरूले उत्सव मनाउँदै ‘जय बङ्गला’ का नारा लगाएको बताए।

उनले ती नाराप्रति असन्तुष्ट केही व्यक्तिले सीपीबीको कार्यालयमाथि आक्रमण गरेको जानकारी दिए। उनका अनुसार, पुलिसले घटनाको जॉंच गरिरहेको छ र दुवै समूहका कार्यालयमा पुलिस जवान तैनाथ गरिएको छ।

हिन्दुस्थान समाचार / बिशाल


 rajesh pande