कोही पनि कानुनभन्दा माथि छैनन्ः गाइघाटा घटनामा मन्त्री दिलीप घोषको प्रतिक्रिया
कैबिनेट मंत्री दिलीप घोष


उत्तर 24 परगना, 27 अक्टोबर (हि.स.)। पश्चिम बङ्गालका मन्त्री दिलीप घोषले गाइघाटाको घटनामाथि कडा प्रतिक्रिया व्यक्त गरेका छन्। उनले भने, कोही पनि कानुनभन्दा माथि छैनन्। यो घटनाले कानून उल्लङ्घन गरेमा कस्तो परिणाम हुन्छ भन्ने कुरालाई सम्झना गराउँछ।

मङ्गलवार बिहान पत्रकारहरूसँग कुरा गर्दै दिलीप घोषले भने, कानुनभन्दा माथि कोही पनि छैनन्। यदि कसैले कानुन उल्लङ्घन गर्छ भने उनीहरूसँग पनि त्यस्तै हुनेछ। जनताले न्याय पाउनुपर्छ , उनले भने। जनताले पुलिसमाथिको विश्वास गुमाएका छन्। विश्वास पुनर्स्थापना गर्न पुलिसले केही अप्रिय कदम उठाउनु पर्छ।

यस्ता घटनाहरूपछि बलात्कारका घटनाहरूमा कमी आउनेछ कि भन्ने प्रश्नमा मन्त्रीले भने, बङ्गालमा धेरै वर्षदेखि कानुनको शासन छैन। कानून स्थापित भएपछि सबैमा डर उत्पन्न हुनेछ।

उल्लेखनीय छ, गत आइतवार गाइघाटामा एकजना किशोरीको क्षत-विक्षत शव फेला परेको थियो। शव छिमेकीको घरमा निर्वस्त्र अवस्थामा फेला परेको थियो। बालिकालाई बलात्कार गरेपछि हत्या गरिएको परिवारले आरोप लगाएको छ। परिवारको उजुरीको आधारमा पुलिसले प्रह्लाद दासलाई पक्राउ गरेको थियो।

अभियुक्त एउटै परिवारका आफन्त रहेको बताइएको छ। घटनापछि यस क्षेत्रमा तनाउ व्याप्त भयो बने अभियुक्तलाई कड़ा सजाय दिनुपर्ने माग गर्दै विरोध प्रदर्शन गरियो। पुलिसले घटनाको अनुसन्धान गर्न विशेष अनुसन्धान टोली (एसआईटी) गठन गरेको थियो।

जानकारी अनुसार गए सोमवार राती घटनाको पुनर्निर्माण गर्न अभियुक्तहरूलाई घटनास्थलमा लगिएको थियो। पुनर्निर्माणपछि फर्किँदै गर्दा प्रह्लादले सर्भिस रिभल्भर खोसेर भाग्ने प्रयास गऱेको पुलिसले दाबी गरेको छ। उसलाई रोक्ने प्रयास गर्दा उसले पुलिसमाथि अन्धाधुन्ध गोली चलाउन थाल्यो। घटनामा एकजना पुलिस जवान पनि घाइते भएका छन्।

पुलिस अनुसार आत्मरक्षामा पुलिसले जवााफी गोली चलाएको थियो जसमा अभियुक्त युवक गोली लागेर गम्भीर रूपमा घाइते भयो जसलाई बनगाउँ सुपर स्पेशियालिटी अस्पतालमा लगियो जहाँ डाक्टरले उसलाई मृत घोषित गरे।

--------

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande