हुगलीः तृणमूलद सञ्चालित पञ्चायतमा ठूलो सङ्कट, 14 जना सदस्यहरूले राजीनामा दिए
हुगलीः तृणमूलद सञ्चालित पञ्चायतमा ठूलो सङ्कट, 14 जना सदस्यहरूले राजीनामा दिए


हुगली, 27 अक्टोबर (हि.स.)। जिल्लाको गोघाटमा तृणमूल कङ्ग्रेसद्वारा सञ्चालित बदनगञ्ज-फुलुई नम्बर-2 ग्राम पञ्चायतमा गम्भीर राजनीतिक सङ्कट उत्पन्न भएको छ। मङ्गलवार पञ्चायतका बाँकी 14 जना सदस्यहरूले गोघाट-2 ब्लकका बीडीओ कार्यालयमा पुगेर राजीनामा दिए। यसले पञ्चायतको भविष्य र प्रशासनिक कार्यको बारेमा अनिश्चितता सिर्जना गरेको छ।

प्राप्त जानकारीअनुसार बदनगञ्ज-फुलुई नम्बर 2 ग्राम पञ्चायतमा मोठ 15 जना सदस्यहरू छन् भने सबै सिटमा तृणमूल कङ्ग्रेसको कब्जा थियो। केही दिनअघि पञ्चायत प्रधान हसमत अली खानले आफ्नो पदबाट राजीनामा दिएका थिए। त्यसपछि मङ्गलवार बाँकी 14 जना सदस्यहरूले पनि राजीनामा सुम्पिए।

राजीनामा दिने केही सदस्यहरूले शारीरिक अस्वस्थतालाई उद्धृत गरे। प्रधानको राजीनामापछि पञ्चायतको कामकाज लगभग ठप्प भएको र सर्वसाधारणलाई आवश्यक सेवा पाउन गाह्रो भएको सदस्यहरूले दाबी गरेका छन्। त्यसैले उनीहरूले पद छोड्ने निर्णय गरेका हुन्।

उक्त घटनालाई लिएर राजनीतिक बयानबाजी पनि तीव्र भएको छ। भाजपाका स्टेट काउन्सिलका सदस्य चिन्मय मल्लिकले दाबी गरे, टीएमसीका जन प्रतिनिधिहरू आफ्नो कथित गलत कार्यको कारण यस क्षेत्रमा बाहिर निस्कन र पञ्चायत कार्यालय जान असमर्थ छन्। यद्यपि, उनले स्पष्ट पारे, यस राजीनामाको घटनामा भाजपाको कुनै भूमिका छैन। सदस्यहरूले लोकतान्त्रिक तरिकाले स्वेच्छाले राजीनामा दिएका हुन्।

एकैसाथ 14 जना सदस्यहरूले राजीनामा दिएपछि अब सबैको नजर बदनगञ्ज-फुलुई नम्बर 2 ग्राम पञ्चायतको प्रशासनिक कार्य कसरी अगाडि बढ्ने भन्ने कुरामा केन्द्रित भएको छ।

--------

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande