
इम्फाल, 27 अक्टोबर (हि.स.)। मणिपुरको चुराचाँदपुर जिल्लामा गए सोमवार राती पुलिस, सेन्ट्रल रिजर्भ पुलिस फोर्स (सीआरपीएफ) एवं असम राइफल्सको संयुक्त टीमले अभियान सञ्चालन गरी हतियार, गोलाबारुद र लागू औषध ब्राउन शुगर जफत गऱ्यो। यस सम्बन्धमा एकजना युवकलाई पक्राउ गरिएको छ।
मणिपुर पुलिसद्वारा आज दिइएको आधिकारिक जानकारी अनुसार गए 26 अक्टोबरको राती चुराचाँदपुर जिल्ला पुलिस, 129 औँ बटालियन सीआरपीएफ एवं 5 औँ असम राइफल्सको संयुक्त टीमले गुप्तचर सूचनाको आधारमा एम सोङ्गैल नजिकैको किङ्गकिन गाउँमा अभियान सञ्चाल गऱ्यो। यस अवधि टीमले एउटा संदिग्ध सेतो रङ्गको बलेरो वाहनलाई रोकेर जाँच गऱ्यो।
जाँचमा विदेशमा निर्मित एउटा एके-सिरिज राइफल, एउटा विदेश निर्मित एमए 1 राइफल, विभिन्न प्रकारका 240 राउण्ड गोला बारुद तथा दुई वटा पारदर्शी प्लास्टिकको प्याकेटमा राखिएको करिब 1 किलो ब्राउन शुगर बरामद गरियो।
अभियानको क्रममा डी. ल्हाङ्गजोल गाउँका बासिन्दा 23 वर्षीय लेतखोथाङ्ग खोङ्गसाईलाई पक्राउ गरियो। प्रारम्भिक सोधपुछमा उनले आफूलाई सस्पेन्शन अप अपरेशन्स (एसओओ) समूह केएनएफ (एमसी)- को क्याडर बताए।
संयुक्त टोलीले पक्राउ परेका व्यक्तिबाट हतियार, गोलाबारुद, बोलेरो गवाहन तथा लागूऔषधि जफत गरेको छ। यस मामिलामा अग्रिम कारबाही गरिँदैछ।
--------
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा