
कोलकाता, 27 अक्टोबर (हि.स.)। दक्षिण कोलकाताको सरसुना (बेहाला) क्षेत्रमा प्रेम प्रसङ्गलाई लिएर एकजना युवक, उसका पिता र साथीलाई निर्वस्त्र बनाएर कुटपिट गरेको तथा सड़कमा घुमाएको घटनाका आरोपीहरूलाई पुलिसले मङ्गलवार घटनास्थलमा लगेर घटनाको पुनर्निर्माण गऱ्यो। सरसुना थानाको पुलिसले यस मामिलामा पक्राउ तीनै अभियुक्तहरूलाई कम्मरमा डोरी बाँधेर नाङ्गो शरीर (सर्ट बिना) त्यही सड़कमा घुमायो जहाँ उनीहरूले सार्वजनिक रूपमा पीड़ितहरूलाई अपमानित गरेका थिए।
पलिस अनुसार अमानवीय यातना दिएको आरोपमा पक्राउ परेका तीन जना अभियुक्तहरूलाई तल्लो अदालतले आगामी 31 अक्टोबरसम्मको लागि पुलिस हिरासतमा पठाइदिएको छ। हिरासतमा राखिएपछि उनीहरूलाई गहन सोधपुछ गरियो भने मङ्गलवार घटनाको नाट्य रूपान्तरणको लागि उनीहरूलाई यस क्षेत्रमा ल्याइयो।
पुलिसले अभियुक्तहरूलाई त्यस घरमा लग्यो जहाँ तीन जना पीड़ितहरूलाई क्रूरतापूर्वक कुटपिट गरिएको थियो, पछि उनीहरूलाई त्यही बाटोबाट हिँड़ाइयो जहाँ पीडितहरूलाई कड़ा सुरक्षाबीच निर्वस्त्र पारी घुमाइएको थियो।
उल्लेखनीय छ, भने लक्ष्मी पूजाको राती पीडित आफ्नी प्रेमिकालाई भेट्न गएका थिए। यस अवधि नाबालिकाका मामाको साथीले दुवैलाई सँगै देखेपछि केटीका बुवा र मामालाई जानकारी दिए। पुलिस अनुसार त्यसपछि आरोपीहरूले पहिला युवक र उसको 19 वर्षीय साथीलाई बन्धक बनाए। त्यसपछि प्रेमी युवकका पितालाई त्यहाँ बोलाएर तीनै जनालाई निर्दयतापूर्वक कुटपिट गरियो। साथै अमानवीय तरिकाले निर्वस्त्र गरी सड़कमा घुमाइयो।
यस 'तालिबानी' दण्ड अन्तर्गत गत आइतवार राती लगभग 8 बजे तीनै जना पीडितहरूलाई सड़कमा निर्वस्त्र घुमाउँदा सड़क किनारमा मानिसहरूको भीड़ लागेको थियो। मङ्गलवार पुलिसले अभियुक्तहरूलाई कम्मरमा डोरी बाँधेर त्यसरी नै सड़कमा घुमाउँदा पनि यस्तै दृश्य देखियो भने सड़कको दुवै किनारमा स्थानीयहरूको ठूलो भीड़ जम्मा भयो।
--------
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा