
जलपाईगुडी, 27 अक्टोबर (हि.स.)। जलपाईगुडी जिल्ला पुलिसले मङ्गलवार आम जनतामा सड़क सुरक्षा, साइबर ठगी एवं पुलिस हेल्पलाइन नम्बरबारे जानकारी फैलाउने उद्देश्यले विशाल बाइक ऱ्याली निकाल्यो। ऱ्यालीमा करिब 300 जना बाइक चालकहरूले भाग लिए। जिल्ला पुलिस अधीक्षक सुजाता कुमारी वीणापाणिको नेतृत्वमा बनारहाट पुलिस स्टेशनदेखि ऱ्याली शुरू गरियो।
ऱ्याली लुक्सन, नागरकाटा, चालसा र मेटेली हुँदै डामडिम मोड़मा पुगेपछि उदलबाड़ी चौपटीमा विशेष सचेतना सभा आयोजना गरियो। कार्यक्रममा हेलमेट बिनै बाइक चलाउनेहरूलाई सड़क सुरक्षाप्रति जागरूक गरियो। जिल्ला पुलिस अधीक्षक र अन्य अधिकारीहरूले पनि केही बाइक चालकहरूलाई हेलमेट वितरण गरे। ट्राफिक नियम उल्लङ्घन गर्नेविरुद्ध कडा कारबाही गरिने पुलिसले स्पष्ट पारेको छ।
जिल्ला पुलिस अधीक्षक सुजाता कुमाारी वीणापाणिले बताइन्, सरदार वल्लभभाई पटेलको जन्मजयन्ती मनाउन अक्टोबर 31 सम्म राष्ट्रिय एकता दिवसको रूपमा विभिन्न कार्यक्रम आयोजना गरिँदैछ। यी कार्यक्रमहरूको उद्देश्य पुलिस र सर्वसाधारणबीच मधुर सम्बन्ध स्थापना गर्नु, युवाहरूलाई खेलकुदप्रति प्रोत्साहित गर्नु तथा सामाजिक चेतना जगाउनु हो।
अतिरिक्त पुलिस अधीक्षक श्रीनिवास एमपी (मुख्यालय), मालबजार एसडीपीओ सुदिप्त सरकार तथा अन्य पुलिस अधिकारीहरू यस अवसरमा उपस्थित थिए। उदलबाड़ीबाट ऱ्याली क्रान्तितिर अघि बढ्यो भने अन्ततः लाटागुड़ीमा पुगेर समापन भयो।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा