
बीरभूम, 27 अक्टोबर (हि.स.)। जिल्लाको तारापीठमा फेरि एउटा होटलमा आगलागी भयो जसले गर्दा आतङ्क फैलियो। मङ्गलवार भोर बिहान रामपुरहाटदेखि तारापीठ जाने सड़कको किनारमा अवस्थित एउटा ठूलो होटलको कोठा नम्बर 201 मा आगलागी भयो। तथापि पुलिस र दमकल विभागको तत्परताले ठूलो दुर्घटना हुनदेखि बच्यो। होटलमा बसेका सबै पाहुनाहरूलाई सुरक्षित रूपमा बाहिर निकालियो। घटनामा कुनै पनि प्रकारको जनहानी भएको खबर प्राप्त भएको छैन। दुई महिनाभित्रमा तारापीठको होटलमा आगलागी भएको यो दोस्रो घटना हो।
जानकारी अनुसार मङ्गलवार भोर बिहान 3ः45 बजे होटलको कोठा नम्बर 201- मा आगलागी भयो। सूचना पाएर रामपुरहाट थानाको पुलिस तथा फायर ब्रिगेड घटनास्थलमा पुग्यो। बिहान 3ः51 बजे आगलागी भएको रामपुरहाट थानाका एकजना अधिकारीले बताए। पाँच मिनटभित्रै पुलिस र दमकल वाहनहरू घटनास्थलमा पुगे। होटलमा रहेका 12 जना अतिथिहरूलाई सुरक्षित रूपमा बाहिर निकालियो। होटलका पर्यटक एवं कर्मचारीहरूलाई पनि तुरुन्तै बाहिर निकालियो। दमकलकर्मीहरूले द्रूत गतिमा कारबाही गरेर आगोलाई नियन्त्रण गरे।
घटनामा कुनै पनि प्रकारको जनहानि वा ठूलो क्षति भएको खबर आएको छैन। आगलागीको कारण पत्तो लगाउन अनुसन्धान शुरु गरिएको छ। अग्निशमन विभागको रिपोर्ट आएपछि नै आगलागीको वास्तविक कारण थाहा हुनेछ।
उल्लेखनीय छ, यसअघि गत 17 अगस्तमा तारापीठ मन्दिर नजिकैको एउटा होटलमा ठूलो आगलागी भएको थियो। घटनामा आठ जना मानिसहरूको मृत्यु भयो। मृतकहरू सावन महिनामा पूजा गर्न तारापीठ आएका थिए। त्यस घटनापछि तारापीठको यस होटल सहित अन्य थुप्रै होटल एवं अतिथि गृहहरूमा आगो निभाउने व्यवस्थालाई लिएर प्रश्न उठेको थियो। त्यसपछि जिल्ला प्रशासनले सम्बन्धित होटलहरूलाई नोटिस पनि जारी गरेको थियो।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा