
मदुराई, 27 अक्टोबर (हि.स.)। तमिलनाडुको थेनी जिल्ला अन्तर्गत थेक्कमपट्टी उप-जेलबाट जेल कर्मचारीहरूमाथि आक्रमण गरी 17 जना कैदीहरू भागे घटनाले खैलाबैला मच्चाएको छ। द्रुत कारबाही गर्दै पुलिसले भागेका चारजना कैदीलाई पक्राउ गरेको छ भने बाँकी 13 जनाको लागि व्यापक खोजी अभियान जारी छ। यसबीच तमिलनाडु कारागार विभागका महानिर्देशक (डीजी) सन्दीप राय राठौरले घटनाको अनुसन्धान गर्न र जेलको सुरक्षा व्यवस्थाको समीक्षा गर्न थेन तर्फ प्रस्थान भएका छन्।
जानकारी अनुसार थेनी जिल्लाको आण्डिपट्टी नजिकै रहेको थेक्कमपट्टी उप-जेलमा जेल कर्मचारीमाथि आक्रमण गरेपछि 17 जना कैदीहरू एकैसाथ भागे। घटनाको जानकारी पाए लगत्तै पुलिस एवं प्रशासनमा व्यापक खैलाबैला मच्चियो। भगौड़ा बन्दीहरूलाई पक्राउ गर्न विशेष पुलिस टीम गठन गरिएको छ। दक्षिणी रेञ्जका आईजी विजयेन्द्र बिदरी स्वयम् थेनीमा डेरा हालेर बसेका छन् भने खोजी अभियानको निरीक्षण गर्दै विशेष टलहरूलाई आवश्यक निर्देश दिरहेका छन्।
घटनाको गम्भीरतालाई ध्यानमा राख्दै कारागारका महानिर्देशक सन्दीप राय राठौर चेन्नईबाट विमान मार्फत मदुरै आइपुगे। त्यहाँबाट उनी कारमा थेनीका लागि प्रस्थान भए। उनको भ्रमणको उद्देश्य स्थलको निरीक्षण गर्नु, जेलको सुरक्षा व्यवस्थाको समीक्षा गर्नु अ्नि कैदीहरू भाग्ने परिस्थितिहरूको अनुसन्धान गर्नु हो।
यता बाँकी भागेका व्यक्तिहरूलाई पक्राउ गर्न तमिलनाडु-केरल सीमामा सतर्कता बढाइएको छ। विशेष पुलिस टोलीहरूले मदुराई र दक्षिणी तमिलनाडुका अन्य जिल्लाहरूमा गहन वाहन जाँच गरिरहेका छन्। भागेका कैदीहरूको सम्भावित लुकेको ठाउँको पनि निगरानी भइरहेको छ।
17 जना कैदी एकैचोटि जेलबाट भागेको घटनाले जेलको सुरक्षा व्यवस्थामाथि गम्भीर प्रश्न खडा गरेको छ। यस्तो अवस्थामा कारागार विभागका महानिर्देशकको थेनी भ्रमण तथा उनको अनुसन्धानलाई महत्त्वपूर्ण मानिएको छ।
--------
/ बिशाल