(अपडेट) तमिलनाडुको थेनी उपकारागारबाट १७ कैदी फरार, चार पक्राउ, बाँकीको खोजी तीव्र
पुलिस ने 2 कैदियों को पकड़ा


पुलिस ने 2 कैदियों को पकड़ा


थेनी (तमिलनाडु), २७ अक्टोबर (हि.स.)। तमिलनाडुको थेनी जिल्लास्थित एउटा उपकारागारबाट सोमबार अबेर राति कर्मचारीहरूमाथि कथित रूपमा आक्रमण गरी १७ जना कैदी फरार भएका छन्। छिमेकी जिल्लाहरूमा खोजी अभियान तीव्र पारिएको छ। पुलिसले चार जना कैदीलाई पक्राउ गरेको छ भने बाँकी कैदीहरूको खोजीका लागि १७ वटा विशेष टोली गठन गरिएको छ। दक्षिण क्षेत्रका पुलिस महानिरीक्षक विजयन्द्र बिदरीले यसबारे जानकारी दिएका छन्।

पुलिस महानिरीक्षक बिदरीका अनुसार, सबै १७ जना कैदीलाई एउटै ब्यारेकमा राखिएको थियो। एक जना कैदीको स्वास्थ्य बिग्रिएको सूचना पाएपछि कारागारका कर्मचारीहरू ब्यारेकमा पुगेका थिए। त्यसपछि कैदीहरूले कथित रूपमा कर्मचारीहरूमाथि आक्रमण गरी त्यहाँबाट फरार भए। बिदरीका अनुसार, कैदीहरूले योजनाअनुसार “मिर्गीको दौरा परेको नाटक” गरेका थिए।

उक्त आक्रमणमा थेनी जिल्ला कारागारमा कार्यरत दोस्रो श्रेणीका पुलिस कर्मचारी थंगापाण्डीको टाउकोमा चोट लागेको छ। उनलाई जी विलक्कुस्थित सरकारी अस्पतालमा भर्ना गरिएको छ। पुलिसले कारागारका अन्य दुई कर्मचारीलाई पनि सामान्य चोट लागेको जनाएको छ।

डिन्डिगुलका पुलिस अधीक्षक एस. जयकुमारले सावधानीका रूपमा जिल्लाका १६ स्थानमा जाँच चौकी स्थापना गरिएको जानकारी दिएका छन्। डिन्डिगुल-थेनी राजमार्गमा पनि सवारीसाधन जाँच भइरहेको छ।

मदुरै, डिन्डिगुल र इडुक्की जिल्लाका पुलिसलाई सतर्क गराइएको छ। फरार कैदीहरूको पहिचान गर्न सहयोग पुगोस् भनेर उनीहरूका तस्बिर सम्बन्धित अधिकारीहरूबीच प्रसारित गरिएको छ। यस घटनासम्बन्धी मुद्दा दर्ता गरी जॉंच भइरहेको छ।

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande