
गोलाघाट (असम), 27 अक्टोबर (हि.स.)। असमको नुमालीगढ़मा जङ्गली हात्तीहरूको उत्पात निरन्तर जारी छ। पाकेको धानको गन्धबाट आकर्षित भएर जङ्गली हात्तीको झुण्ड खेतमा पसेर प्रचर मात्रामा धानको बालीलाई नष्ट गरिरहेको छ।
जानकारी अनुसार बितेको राती जङ्गली हात्तीहरूले केही बिघा जमीनमा रोपिएको शाली धानको बाली खाएर तथा कुल्चेर नष्ट पिरिदिए। धानको बाली पाक्नसाथ खेतमा हात्तीहरू आउन थालेपछि किसानहरूको चिन्ता बढ़ेको छ।
किसानहरूलाई आफ्नो बाली रक्षा गर्नका लागि विभिन्न कठिनाइको सामना गर्न परिरहेको छ। हात्तीहरूको निरन्तर आक्रमणले उनीहरूको परिश्रमलाई नै प्रभाव पारिरहेको छ भने उनीहरूलाई आर्थिक नोक्सानको आशङ्काले सताइरहेको छ।
प्रभावित किसानहरूले वन विभागको कार्यप्रणालीमाथि प्रश्न उठाउँदै आरोप लगाएका छन्, विभाग उनीहरूलाई सुरक्षा प्रदान गर्न र बालीलाई जङ्गली हात्तीदेखि बचाउन असफल भएको छ। हात्तीहरूको उत्पातलाई प्रभावकारी रूपमा नियन्त्रण नगरे आउँदो दिनमा अझ बाली नष्ट गर्नसक्ने किसानहरूले आशङ्का व्यक्त गरेका छन्।
/ बिशाल