
तामुलपुर (असम), 12 अक्टोबर (हि.स.)। तामुलपुर जिल्लाको भारत-भुटान सीमा क्षेत्रमा जङ्गली हात्तीको आक्रमणमा परी एकजना व्यक्तिको मृत्यु भयो। उक्त घटनाले क्षेत्रमा व्यापक आक्रोश निम्त्याएको छ।
जिल्लाको 1 नम्बर पहाड़़पुर गाउँका निवासी औ पूर्व बीएलटी क्याडर हाउनार बसुमतरी बितेको राती आफ्नो धानको खेतमा पसेको जङ्गली हात्तीलाई लखेट्न गएका थिए। तर हात्तीले हमला गरेर उनको ज्यान लियो।
यस घटनापछि सीमावर्ती क्षेत्रमा विभाग र सरकारको विरोधमा मानिसहरू आक्रोशित भएका छन्। उनीहरूले हात्तीको आतङ्कलाई रोक्नको लागि तत्काल स्थायी एवं प्रभावकारी कदम उठाउने माग गरिरहेका छन्।
वन विभाग एवं पुलिस टीमले शवलाई कब्जामा लिएर पोस्टमर्टम गर्नको लागि पठाइदिएको छ। मामिलाको जाँचमा वन विभागको टीम जुटेको छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा