सिक्किम कला, संस्कृति तथा धरोहर विकास बोर्डको बैठक सम्पन्न
कल्चर बोर्डको बैठक


गान्तोक, 28 अक्टोबर (हि.स.)। सिक्किम सरकारअन्तर्गत सिक्किम कला, संस्कृति तथा धरोहर विकास बोर्डको बैठक आज बोर्ड अध्यक्षको कार्यालयमा सम्पन्न भयो। बोर्डका अध्यक्ष सञ्जय राई (दिलपाली) को अध्यक्षतामा बसेको बैठकमा सदस्य सचिव एलएन शर्मा तथा बोर्ड सदस्यहरू थुप्देन रिन्जिङ भोटिया र नियारा सुब्बाको उपस्थिति रहेको थियो।

बैठकमा राज्यको कला, संस्कृति तथा धरोहरको प्रवर्द्धन, संरक्षण र विकासका विषयमा विस्तृत छलफल गरियो। यस अवसरमा बोर्डद्वारा सञ्चालित विभिन्न पहल, भइरहेका गतिविधि तथा आगामी प्रस्तावित कार्यक्रमहरूबारे विचारविमर्श गरियो।

बैठकमा कलाकार, सांस्कृतिक क्षेत्रका साधक तथा संस्थाहरूलाई सहयोग पुर्‍याउने र सिक्किमको समृद्ध सांस्कृतिक पहिचान तथा धरोहरलाई थप सुदृढ़ बनाउने विषयमा विशेष जोड दिइयो।

छलफलका क्रममा बोर्डले सांस्कृतिक अभिव्यक्तिलाई प्रोत्साहन गर्ने, कलात्मक प्रतिभाको विकासमा सहयोग पुर्‍याउने तथा राज्यका विविध परम्परा र सांस्कृतिक धरोहरको संरक्षण एवं प्रवर्द्धनलाई निरन्तरता दिने प्रतिबद्धता पुनः व्यक्त गरिएको बोर्डका अध्यक्षको कार्यालयबाट जारी प्रेस विज्ञप्तिमा उल्लेख छ।

हिन्दुस्थान समाचार / बिशाल


 rajesh pande