बरपेटाको खोलाबन्धामा आगलागी, 40 लाखको जुट जलेर स्वाहा
Fire. आग।


बारपेटा (असम), 28 अक्टोबर (हि.स.)। बरपेटा जिल्ला अन्तर्गत खोलाबन्धामा गए राती अचानक भएको भीषण आगलागीको कारणले कोकोहोलो मच्चियो। आगलागी खोलाबन्धा मैरादियाको साप्ताहिक बजारमा भएको हो। घटनामा कुनै पनि प्रकारको जनहानि भएको खबर प्राप्त भएको छैन।

भनिन्छ, साप्ताहिक बजारको जुट बजारको एक भागमा व्यापारीहरूले भण्डार गरेको जुटमा अचानक आगो लाग्यो। यसले गर्दा क्षेत्रमा ठूलो खैलाबैला मच्चियो। प्रभावित व्यापारीहरू अनुसार आगलागीमा करिब 600 मण जुट नष्ट भएको छ जसको बजार मूल्य करिब 40 लाख रुपियाँ रहेको बताइएको छ।

अन्तिम सूचना पाउँदासम्म पनि आगलागीको सही कारण पत्तो लाग्न सकेको थिएन। यद्यपि यस घटनामा कुनै असामाजिक तत्वहरू संलग्न रहेको आशङ्का व्यक्त गरिँदैछ। स्थानीय सयकड़ौं मानिसहरूले कड़ा परिश्रम गरेर आगोलाई निभाए। मानिसहरूको तत्परताको कारणले बजारका 300 भन्दा बढ़ी पसलहरू दुर्घटनाको शिकार हुनदेखि बचे। सूचना पाए लगत्तै पुलिस घटनास्थलमा पुगेर घटनाको अनुसन्धानमा जुटेको छ।

/ बिशाल


 rajesh pande