
गुवाहाटी, 28 अक्टोबर (हि.स.)। असमका मुख्यमन्त्री डा. हिमन्त विश्व सरमाले राज्यको सुरक्षा, सीमानाहरूको निगरानी एवं कानुन व्यवस्थालाई कायम राख्ने आफ्नो सरकारको प्रतिबद्धतालाई दोहोऱ्याउँदै भनेका छन्, यी मामिलाहरूमा कुनै पनि प्रकारको सम्झौता गरिने छन्। मुख्यमन्त्रीले बताए, गए मङ्गलवार हिरसतमा लिइएका सन्दिग्ध घुसपैठीहरूविरुद्ध आवश्यक कारबाही गरिएको छ।
मुख्यमन्त्रीले बितेको राती सोशल मिडियामा जारी एउट पोस्टको माध्यमबाट उक्त जानकारी साझा गरे। उनले असमको सुरक्षा, सीमानाहरूको निगरानी तथा कानुन र व्यवस्थाको मामिलामा सरकारको धारणा स्पष्ट रहेको बताए।
उनले भने, राज्यको सुरक्षा सुनिश्चित गर्न तथा आम जनताको हित रक्षा गर्न उनको सरकार सदैव कटिबद्ध छ।
मुख्यमन्त्रीले अवैध घुसपैठमाथि रोक लगाउन तथा सीमावर्ती क्षेत्रमा सतर्कता बढाउने सरकारको प्रतिबद्धतालाई पनि दोहोऱ्याए।
यद्यपि मुख्यमन्त्रीको पोस्टमा हिरासतमा लिइएका नौ जना मानिसहरूको स्थान, उनीहरूको राष्ट्रियता एवं उनीहरूविरुद्ध गरिएको कानुनी कारबाहीको विवरण उल्लेख गरिएको छैन।
--------
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा