
जबलपुर, २८ अक्टोबर (हि.स.)। मध्य प्रदेशको जबलपुरमा मंगलवार राति रानीताल फ्लाइओभरमा रक्सी पिउनका लागि पैसा नदिएको भन्दै बदमासहरूले दुई दाजुभाइमाथि चक्कु प्रहार गरेका छन्।
आफ्नो ज्यान बचाएर भाग्ने प्रयास गर्दा बदमासहरूले पेस्तोलबाट गोली समेत चलाएको आरोप छ। त्यसपछि आरोपीहरू दुवै दाजुभाइबाट कूल ६ हजार रुपियाँ लुटेर फरार भएका छन्। आक्रमणमा घाइते भएका दुवै दाजुभाइलाई मेडिकल कलेजमा भर्ती गरिएको छ। तीमध्ये एक जनाको अवस्था गम्भीर रहेको बताइएको छ।
लार्डगञ्ज थाना पुलिसका सहायक उपनिरीक्षक (एएसआई) मनोज गोस्वामी अनुसार, घाइतेहरूको उजुरीका आधारमा पाँच जना आरोपी विरुद्ध मुद्दा दर्ता गरिएको छ। पुलिसले आरोपीहरूको खोजी गरिरहेको छ र उनीहरूलाई पक्राउ गर्ने प्रयास जारी छ।
हिन्दुस्थान समाचार / भवानी थामी