गायघाटा एनकाउन्टरमाथि मन्त्री दिलीप घोषको बयान- कानुन उल्लङ्घन गर्नेहरूमाथि पुलिस कारबाही आवश्यक छ
कैबिनेट मंत्री दिलीप घोष


सिलगुढ़ी, 28 अक्टोबर (हि.स.)। उत्तर 24 परगना जिल्ला अन्तर्गत गायघाटामा किशोरीको बलात्कारपछि हत्या गरेको मामिलाका आरोपी प्रह्लाद दासको पुलिस भिड़न्त मृत्यु भएपछि राज्यमा राजनीति तातिएको छ। राज्यका पञ्चायत मन्त्री दिलीप घोषले पुलिसको कारबाहीलाई समर्थन गर्दै भने, कानुन उल्लङ्घन गर्नेहरूमाथि पुलिसको कारबाही आवश्यक छ।

पुलिस अनुसार 23 वर्षीय अभियुक्तलाई गत सोमवार राती घटनाको पुनर्निर्माण गर्न लगिएको थियो। यस अवधि उसले कथित रूपमा पुलिसको बन्दुक खोसेर गोली चलाउने प्रयास गऱ्यो। पुलिसले आत्मरक्षामा गोली चलायो जसमा उसको मृत्यु भयो।

बुधवार सिलगढ़ीको बागडोगरा विमानस्थलमा आइपुगेका राज्यका पञ्चायत मन्त्री दिलीप घोषले यस घटनामा प्रतिक्रिया दिँदै दक्षिण 24 परगनाको बरुइपुरमा पछिल्लो समय भएको पुलिसको भिड़न्तको पनि उल्लेख गरे। उनले भने, कानुनभन्दा माथि कोही छैन। अपराधीलाई न्यायको घेराभित्र ल्याउनु पुलिसको जिम्मेवारी हो। मन्त्री अनुसार राज्यमा कानून व्यवस्थालाई पुनर्स्थापना गर्न अपराधविरुद्ध कडा कदम चाल्न आवश्यक छ।

मन्त्रीले आरोप लगाए, पछिल्लो सरकारको कार्यकालमा कानुन र व्यवस्था कमजोर थियो जसले गर्दा अपराधीहरूमा कानूनको डर कम भयो। उनले अपराध रोक्नको लागि समाजमा न्याय एवं सुधारसँगै यस्तो सजायको प्रावधान पनि आवश्यक रहेको बताए जुन अरूको लागि उदाहरण बन्नुपर्छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande