फिलिपिन्स भ्रमणका क्रममा राजनाथले अमेरिकी युद्ध सचिव हेगसेथसँग रक्षा सम्बन्धबारे गरे वार्ता
रक्षा मंत्री राजनाथ सिंह अमेरिका के युद्ध सचिव पीट हेगसेथ के साथ


नयाँ दिल्ली, २८ अक्टोबर (हि.स.)। रक्षामन्त्री राजनाथ सिंहले फिलिपिन्समा १३औँ एडीएमएम–प्लसको अवसरमा अमेरिकाका युद्ध सचिव पीट हेगसेथसँग वार्ता गरेका छन्। वार्ताका क्रममा भारत–अमेरिका रक्षा सम्बन्धको समीक्षा गर्दै त्यसलाई थप सुदृढ़ बनाउने उपायबारे छलफल गरिएको छ। फिलिपिन्सको सेबुमा सम्मेलनका क्रममा भएको बैठकमा दुवै नेताले १० वर्षे रक्षा रूपरेखा अन्तर्गत सैन्य प्रविधि, सूचना आदान-प्रदान र संयुक्त उत्पादनमा ध्यान केन्द्रित गरेका थिए। वार्ताको मुख्य उद्देश्य पारस्परिक रक्षा सम्बन्धलाई थप मजबुत बनाउने उपायहरूको खोजी गर्नु थियो।

रक्षामन्त्री सिंहले सामाजिक सञ्जालमा एउटा पोस्ट गर्दै हेगसेथसँगको आफ्नो कुराकानीलाई ‘निकै उत्कृष्ट’ बताएका छन्। उनले आज एडीएमएम–प्लस बैठकका क्रममा अस्ट्रेलियाका उपप्रधानमन्त्री तथा रक्षामन्त्री रिचर्ड मार्लेससँग भेट्न पाउँदा निकै खुशी लागेको बताए। द्विपक्षीय रक्षा सहयोगको समीक्षा गर्ने, सैन्य अन्तरसञ्चालन क्षमता बढ़ाउने तथा क्षेत्रीय सुरक्षा चुनौतीहरूको समाधान गर्ने विषयमा राम्रो छलफल भएको उनले उल्लेख गरे।

उनले भारत–अमेरिकाबीचको १० वर्षे रक्षा रूपरेखाको प्रगतिको समीक्षा गरिएको पनि बताए। यसले सैन्य प्रविधि, सूचना आदान-प्रदान तथा संयुक्त उत्पादनका क्षेत्रमा रणनीतिक समानतालाई प्रोत्साहन गरेको उनको भनाइ थियो। उनले दुवै देशबीचको बलियो साझेदारी स्वतन्त्र, खुला र सुरक्षित हिन्द–प्रशान्त क्षेत्रको महत्त्वपूर्ण आधारस्तम्भ बनेको बताए।

अमेरिकाका युद्ध सचिव पीट हेगसेथले पनि भारतीय रक्षामन्त्रीसँग निकै राम्रो बैठक भएको बताएका छन्। उनले दुवै देशबीचको प्रमुख रक्षा साझेदारीको रूपरेखाको वार्षिकोत्सव मनाउँदै सहयोगलाई थप सुदृढ़ बनाउने उपायहरू खोजिएको बताए। ट्रम्प प्रशासन अन्तर्गत दुवै देशबीचको कूटनीतिक सम्बन्धमा निरन्तर तनाव रहे पनि भारत–अमेरिका रक्षा सम्बन्धमा सुधार भइरहेको छ।लगभग ११ वर्षअघि अमेरिकाले भारतलाई ‘प्रमुख रक्षा साझेदार’ को दर्जा दिएको थियो, जसले महत्त्वपूर्ण सैन्य उपकरण तथा प्रविधि आदान-प्रदानको बाटो खोलेको थियो।

भारत र अमेरिकाले गत वर्ष अक्टोबरमा रक्षा रूपरेखा सम्बन्धी सम्झौतामा हस्ताक्षर गरेका थिए। यसले दुवै रणनीतिक साझेदारबीचको द्विपक्षीय रक्षा साझेदारीलाई थप सुदृढ़ बनाउन महत्त्वपूर्ण मार्गचित्र तय गरेको छ।

दुवै देशले पछिल्ला केही वर्षमा महत्त्वपूर्ण रक्षा तथा सुरक्षा सम्झौताहरूमा पनि हस्ताक्षर गरेका छन्। यसमा साल २०१६ मा भएको लजिस्टिक्स एक्सचेन्ज मेमोर्यान्डम अफ एग्रिमेन्ट पनि समावेश छ। यस सम्झौताले दुवै देशका सेनालाई आपूर्ति सामग्रीको मर्मत तथा पुनःपूर्तिका लागि एकअर्काका सैन्य आधार शिविरहरू प्रयोग गर्न अनुमति दिन्छ।

भारत र अमेरिकाले साल २०१८ मा कम्युनिकेसन्स कम्प्याटिबिलिटी एन्ड सेक्युरिटी एग्रिमेन्टमा पनि हस्ताक्षर गरेका थिए। यस सम्झौताले दुवै देशका सेनाबीच अन्तरसञ्चालन क्षमता बढ़ाउनुका साथै अमेरिकाबाट भारतलाई उच्चस्तरीय प्रविधि बिक्री गर्ने व्यवस्था गरेको छ।

/ बिशाल


 rajesh pande