बारपेटामा एकैसाथ जल्यो  पारिवारका चार वटा चिताहरू,  'पापा-पापा, मम्मा-मम्मा'- को पुकारले हरेकको हृदयलाई छोयो
सांकेतिक छवि।


बारपेटा (असम), 28 अक्टोबर (हि.स.)। 'पापा-पापा। मम्मा-मम्मा।' दुई अबोध बच्चाहरूको यो पुकार अनि चार वटा चिताहरूको आगो। गए मङ्गलवार राती असमको बारपेटामा एउटा यस्तो हृदयविदारक दृश्य देखियो जसले त्यहाँ रहेका सबैका आँखा आँसुले भरियो। गुवाहाटीको बोरा सर्भिसस्थित होटल बिलास इनमा भएको गोलीकाण्डमा एकै परिवारका चार जना सदस्यहरूको मृत्यु भयो। उनीहरूको शव घरमा आइपुग्दा सम्पूर्ण क्षेत्र शोकमग्न भयो। परिवारको चित्कार-पुकार, बच्चाहरूको करुण पुकारले हरेकको आँखालाई भिजाएको थियो।

यस दुःखद घटनामा ज्यान गुमाउनेहरूमा होटलकी स्वामीनी हेलेना भराली, उनका दाज्यु भूदेव भराली, छोरा देवर्षी कश्यप अनि बुहारी रिनिका कश्यप सामेल थिए। चार जनाको शवलाई गुवाहाटी मेडिकल कलेज एवं अस्पताल (जीएमसीएच)- बाट बारपेटास्थित उनीहरूको निवासमा ल्याइयो। त्यसपछि बारपेटाको मुक्तिधाम श्मशानमा एकैसाथ चार वटा चितालाई जलाइयो। एउटै परिवारका चार जना सदस्यहरूको एकैसाथ अन्तिम बिदाईले सम्पूर्ण क्षेत्रलाई शोकमा डुबायो।

यस त्रासदीको सबैभन्दा पीडादायी पक्ष देवर्षि र रिनिकाका दुई अबोध बच्चाहरू टुहुरो हुनु हो। लगभग सातदेखि आठ वर्षकी छोरी र डेढ वर्षकोि छोराको शिरबाट आमा-बुवाको हात सदाका लागि हट्यो। आफ्ना बाबु-आमाको निर्जीव शरीर नजिकै बच्चाहरूले गरेको 'पापा-पापा, मम्मा-मम्मा'- को क्रन्धनले त्यहाँ उपस्थित मानिसहरूको हृदयलाई कँपायो। सायद उनीहरूले अहिलेसम्म यो बुझ्न सकेका छैनन् कि उनीहरूको जीवनमा आइलागेको यो खाली ठाउँलाई अब भर्न सकिँदैन।

सयौँ मानिसहरू घरमा भेला भए। आफन्तको विलाप एवं शोकमा डुबेको मानिसहरूको भीड़मा जताततै शोक छाएको थियो। जुन घरमा कुनै समय खुसीको आवाज गुञ्जिन्थ्यो भने त्यहाँ अब आफ्ना प्रियजनहरू गुमाउनुको असहनीय पीडा थियो।

गत 26 अक्टोबरको राती गुवाहाटीको होटल बिलास इनमा भएको गोलीकाण्डको पछाड़ि होटलको पट्टा र व्यवस्थापनलाई लिएर विवाद रहेको कुरा सार्वजनिक भएको छ। यस मामिलामा घनकान्त गोगोईमाथि गोली चलाएको आरोप छ। घटनामा अर्का आफन्त नारायण दासको पनि मृत्यु भएको छ। यसरी गोलीकाण्डमा कुल पाँच जना मानिसहरूको मृत्यु भएको बताइएको छ।

उक्त घटनाले बारपेटामा गहिरो शोक एवं आक्रोशलाई निम्त्याएको छ। स्थानीय तथा सचेत नागरिकहरूले दोषीहरूलाई कड़ा सजायको माग गरेका छन्।

चार वटा चिताको आगोले परिवारको खुशी पनि भस्म भयो। दुई अबोध बच्चाहरू जसका लागि आमाको स्नेह र बुबाको स्नेह अब स्मृतिमा मात्र रहनेछ। बारपेटाको यो घटना लामो समयसम्म जनताको हृदयमा गहिरो घाउका रूपमा रहनेछ।

--------

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande