तवाङमा भोलिदेखि १४औँ अन्तरराष्ट्रिय पर्यटन मार्ट शुरु हुँदै, २२ देशका ४३ खरिदकर्ता सहभागी हुने
तवांग में कल से शुरू होगा 14वां अंतरराष्ट्रीय पर्यटन मार्ट


नयाँ दिल्ली, २८ अक्टोबर (हि.स.)। अरुणाचल प्रदेशको तवाङमा २९ देखि ३१ अक्टोबरसम्म १४औँ अन्तरराष्ट्रिय पर्यटन मार्ट आयोजना गरिने भएको छ। केन्द्रिय पर्यटन मन्त्रालयद्वारा आयोजित यस तीनदिने कार्यक्रममा पूर्वोत्तर क्षेत्रको पर्यटन सम्भावनालाई प्रदर्शित गरिनेछ। यसमा घरेलु तथा अन्तरराष्ट्रिय खरिदकर्ता र विक्रेता सहित २०० भन्दा बढ़ी सहभागी हुने अपेक्षा गरिएको छ। अन्तरराष्ट्रिय खरिदकर्ताहरूले २२ देशको प्रतिनिधित्व गर्नेछन्।

पर्यटन मन्त्रालयले अरुणाचल प्रदेश सरकार तथा पूर्वोत्तरका अन्य राज्यहरूको सहयोगमा यस कार्यक्रमको आयोजना गरिरहेको छ। २९ अक्टोबरमा हुने उद्घाटन समारोहमा केन्द्रिय पर्यटन तथा संस्कृति मन्त्री गजेन्द्र सिंह शेखावत, पर्यटन तथा पेट्रोलियम एवं प्राकृतिक ग्यास राज्यमन्त्री सुरेश गोपी र अरुणाचल प्रदेशका मुख्यमन्त्री पेमा खाण्डु सहभागी हुनेछन्। यस अवसरमा नर्थ इस्ट बजारको उद्घाटनका साथै सांस्कृतिक कार्यक्रमहरू पनि आयोजना गरिनेछन्।

मन्त्रालय अनुसार, मार्टमा अस्ट्रेलिया, भोटान, फ्रान्स, जर्मनी, इन्डोनेसिया, इटाली, जापान, मलेसिया, फिलिपिन्स, पोल्यान्ड, रुस, सिंगापुर, दक्षिण कोरिया, श्रीलंका, थाइल्यान्ड, संयुक्त अरब इमिरेट्स, बेलायत र अमेरिका सहित २२ देशका ४३ अन्तरराष्ट्रिय खरिदकर्ता सहभागी हुने अपेक्षा गरिएको छ। यस बाहेक पूर्वोत्तरका आठ राज्यका घरेलु खरिदकर्ता, पर्यटन सेवा प्रदायक तथा विक्रेताहरू पनि सहभागी हुनेछन्।

कार्यक्रममा अरुणाचल प्रदेश, असम, मणिपुर, मेघालय, मिजोरम, नागाल्यान्ड, सिक्किम र त्रिपुराका पर्यटन गन्तव्य तथा उत्पादनहरू प्रदर्शन गरिनेछन्। यसमा यी राज्यका प्रमुख आकर्षण, पर्यटन अनुभव तथा संयुक्त पर्यटन सर्किटबारे जानकारी दिइनेछ।

३० अक्टोबरमा घरेलु तथा अन्तरराष्ट्रिय खरिदकर्ता र पूर्वोत्तरका पर्यटन सेवा प्रदायकहरूबीच व्यापार सम्बन्धी बैठकहरू आयोजना गरिनेछन्। यी बैठकहरूको उद्देश्य पर्यटन व्यवसायमा सहकार्य बढ़ाउनु, नयाँ पर्यटन उत्पादनहरू विकास गर्नु तथा क्षेत्रका उद्यमीहरूलाई बजारसम्म पहुँच उपलब्ध गराउनु हो।

मार्टमा पूर्वोत्तर क्षेत्रमा प्रत्यक्ष कार्यक्रम तथा संगीत समारोहसँग सम्बन्धित अर्थव्यवस्था र संरक्षित तथा प्रतिबन्धित क्षेत्रमा पर्यटकको पहुँच जस्ता विषयमा प्राविधिक सत्रहरू पनि सञ्चालन गरिनेछन्। सूचना तथा प्रसारण मन्त्रालयले प्रत्यक्ष कार्यक्रम र संगीत समारोहसँग सम्बन्धित सत्रको नेतृत्व गर्नेछ भने गृह मन्त्रालयले संरक्षित तथा प्रतिबन्धित क्षेत्रमा पर्यटकको पहुँचसम्बन्धी सत्रको नेतृत्व गर्नेछ। रोयल इनफिल्डका तर्फबाट पूर्वोत्तर क्षेत्रमा अनुभवमा आधारित पर्यटनबारे प्रस्तुति पनि दिइनेछ।

कार्यक्रम अन्तर्गत आयोजना गरिने नर्थ इस्ट बजारमा क्षेत्रको परम्परागत कला, हस्तकला, कपड़ा तथा सांस्कृतिक सम्पदा प्रदर्शन गरिनेछ। प्रतिनिधिहरूलाई आठवटै राज्यका परम्परागत परिकार तथा सांस्कृतिक कार्यक्रमहरूसँग पनि परिचित गराइनेछ।

सहभागीहरूका लागि तवाङ र वरपरका प्रमुख पर्यटकीय स्थलहरूको भ्रमणको व्यवस्था गरिएको छ। यसमा तवाङ गुम्बा, जसवन्त गढ़ युद्ध स्मारक, जङ झरना, तवाङ युद्ध स्मारक, छैटौँ दलाई लामाको जन्मस्थल उर्ग्येलिङ गोम्पा, बुद्ध पार्क, पाङकाङ तेङ त्सो ताल र शेरनुप गाउँ समावेश छन्। अन्तरराष्ट्रिय प्रतिनिधिहरूका लागि परिचयात्मक पर्यटन भ्रमण १ नोभेम्बरदेखि गुवाहाटीबाट शुरु हुनेछ।

मार्टसँगै ३० अक्टोबरमा पूर्वोत्तर राज्यका पर्यटन मन्त्रीहरूको क्षेत्रीय बैठक पनि आयोजना गरिनेछ। यसको अध्यक्षता केन्द्रिय पर्यटन तथा संस्कृति मन्त्रीले गर्नेछन्। बैठकमा पूर्वोत्तर क्षेत्रमा पर्यटन विकास तथा राज्यहरूबीच सहकार्य बढ़ाउने विषयमा छलफल गरिनेछ।

उल्लेखनीय छ कि १३ वर्षपछि तवाङमा अन्तरराष्ट्रिय पर्यटन मार्ट आयोजना हुन लागेको हो। यसअघि यहाँ साल २०१३ मा यसको दोस्रो संस्करण आयोजना गरिएको थियो। यस मार्टको पछिल्लो संस्करण नोभेम्बर २०२५ मा सिक्किमको गान्तोकमा आयोजना गरिएको थियो।

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande