
जलपाइगुडी, २८ अक्टोबर (हि.स.)। जलपाइगुडीमा एक विवाहिताको कथित रूपमा बलात्कार गरेको र घटनाको भीडियो सामाजिक सञ्जालमा भाइरल बनाएको आरोपमा पुलिसले एक युवकलाई पक्राउ गरेको छ। पीड़त महिलाले बुधवार आफ्ना पतिसँग कोतवाली थानामा लिखित उजुरी दर्ता गराएकी छन्। पुलिसले मुद्दा दर्ता गरी अनुसन्धान शुरु गरेको छ।
उजुरी अनुसार, घटना जुलाई २ को हो। महिलाको आरोप छ कि छोरीलाई विद्यालय पुर्याएर फर्कने क्रममा आरोपीले उनलाई स्कुटीमा बसाए र कथित रूपमा नशालु पदार्थ मिसाइएको कोल्ड ड्रिङ्क पिलाएर शहर नजिकैको एउटा रिसोर्टमा लगे। त्यहाँ उनीमाथि पटक-पटक बलात्कार गरिएको आरोप छ।
पीड़ित महिलाले आरोपीले घटनाको भीडियो बनाएर सार्वजनिक गर्ने धम्की दिएको र पछि दशमीका दिन उक्त भीडियो सामाजिक सञ्जालमा प्रसारित गरेको पनि आरोप लगाएकी छन्।
भीडियो भाइरल भएपछि टोलका केही व्यक्तिहरूले आफूमाथि दुर्व्यवहार गरेको पनि महिलाको दाबी छ।
यता, आरोपीले भने आफूमाथि लागेका आरोपहरू अस्वीकार गरेको छ। पैसा नदिएका कारण आफूलाई झुटो मुद्दामा फसाइएको उसको दाबी छ।
पुलिस सूत्र अनुसार, आरोपीलाई पक्राउ गरिएको छ र उसलाई अदालतमा पेश गरिनेछ। यस मामिलामा अनुसन्धान जारी छ।
हिन्दुस्थान समाचार / भवानी थामी