
इम्फाल, 28 अक्टोबर (हि.स.)। मणिपुरमा मादक पदार्थ तस्करीविरुद्ध कारबाही गर्दै पुलिसले एकजना युवकलाई पक्राउ गरेको छ। पक्राउ परेका युवकको पहिचान काङ्गपोकपी जिल्लाको खोलेप गाउँका बासिन्दा लाम्मिनलाल हाओकिप (27)- को रूपमा भएको छ। उसको कब्जाबाट लागूऔषधिको खेप बरामद गरिएको छ।
मणिपुर पुलिसले बुधबार दिएको आधिकारिक जानकारी अनुसार गए 27 अक्टोबरमा सेनापति तथा काङ्गपोकपी जिल्ला पुलिसको संयुक्त टोलीले सेनापति जिल्लाको हेङ्गबु्ङ्ग आउटपोस्टम नियमित खोजी तथा घेराबन्दी अभियान सञ्चालन गरेको थियो जसमा पुलिसले लाम्मिनलाल हाओकिपलाई रोकेेर उसको छानविन गऱ्यो।
खोजीको क्रममा उसको कब्जाबाट लागू औषधिको खेप बरामद भएपछि उसलाई पक्राउ गरियो। पुलिसले यस विषयमा अग्रिम अनुसन्धान गरिरहेको छ। तथापि पुलिसले बरामद गरिएको लागू औषधिको प्रकार र त्यसको मात्राबारे विवरण दिएको छैन।
--------
/ बिशाल