
इम्फाल, २८ अक्टोबर (हि.स.)। मणिपुरमा उग्रवादी तथा लागुऔषध विरुद्ध पुलिस र केन्द्रिय सुरक्षा बलको संयुक्त अभियान निरन्तर जारी छ। यसै क्रममा इम्फाल पूर्वी जिल्लाबाट एक उग्रवादीलाई पक्राउ गरिएको छ।
मणिपुर पुलिस मुख्यालयले गए राति जारी गरेको आधिकारिक विज्ञप्ति अनुसार, मंगलवार सीडीओ/इम्फाल पूर्वी पुलिस र २८औँ असम राइफल्सको संयुक्त टोलीले अभियान सञ्चालन गरी एक उग्रवादीलाई पक्राउ गरेको हो।
सुरक्षा बलले इम्फाल पूर्वी जिल्लाको सावोम्बुङ खुन्जाओबाट उग्रवादी संगठन आरपीएफ/पीएलएको सक्रिय क्याडर मोइराङथेम अदिता सिंह उर्फ टोटो (२०) लाई पक्राउ गरेको छ। उ इम्फाल पूर्वी जिल्लाको लामलाई अवाङ लीकाई निवासी एम. प्रेमानन्दा सिंहको छोरा रहेको बताइएको छ।
यस सम्बन्धमा पुलिसले प्राथमिकी दर्ता गरी थप कानूनी कारबाही अघि बढ़ाइरहेको छ।
हिन्दुस्थान समाचार / भवानी थामी