काठमाडौँ विमानस्थलमा १४ किलो थाई गाँजा बरामद, भारतका दुई महिला पक्राउ
नेपाल से गिरफ्तार दो भारतीय महिला


काठमाडौँ, २८ अक्टोबर (हि.स.)। काठमाडौँस्थित त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट पुलिसले १४ किलो थाई गाँजा बरामद गरेको छ। यस प्रकरणमा भारतका दुई महिलालाई पक्राउ गरिएको छ। पक्राउ पर्नेमा ४६ वर्षीया शबानानु यार मोहम्मद शेख र ३५ वर्षीया शरीफा अब्बास रहेका छन्।

हवाई मार्गबाट नेपाल आउने यात्रुहरूको निगरानी तथा विवरण जाँच गर्ने क्रममा मङ्गलबार राति लागुऔषध नियन्त्रण ब्युरोको त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल शाखाबाट खटिएको पुलिस टोलीले उनीहरूलाई पक्राउ गरेको हो।

पुलिसका अनुसार, दुवै महिला बाटिक एयरको उडानबाट काठमाडौँ आइपुगेका थिए। उनीहरू थाइल्यान्डबाट मलेसिया हुँदै नेपाल आएको बताइएको छ।

लागुऔषध नियन्त्रण ब्युरोका सहायक प्रवक्ता जीवन निरौलाले पक्राउ परेका दुवै महिलासँग घटनाबारे सोधपुछ भइरहेको जानकारी दिएका छन्।

हिन्दुस्थान समाचार / बिशाल


 rajesh pande