नेतन्याहू लिकुडको निर्वाचन मुख्यालय पुगे, भने- हाम्रो पार्टी सबैभन्दा ठूलो
प्रधानमंत्री बेंजामिन नेतन्याहू समर्थक खुशी मनाते। फोटो - इंटरनेट मीडिया


यरुशलम (इजरायल), २८ अक्टोबर (हि.स.)। इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहू केही समयअघि लिकुड पार्टीको निर्वाचन मुख्यालय पुगेका छन्। उनले दक्षिणपन्थी सरकार गठन गर्न आह्वान गर्दै अरब पार्टीहरूमा निर्भर नहुन चेताउनी दिएका छन्।

नेतन्याहूले भने, “लिकुड इजरायलको सबैभन्दा ठूलो पार्टी हो।” उनले यहुदी तथा जायोनी मतदाताका साथै यहुदी राष्ट्रका समर्थकहरूबाट दक्षिणपन्थी गठबन्धनलाई निर्णायक समर्थन प्राप्त भएको दाबी गरे।

‘द टाइम्स अफ इजरायल’ र ‘द यरुशलम पोस्ट’ का रिपोर्टअनुसार, मङ्गलबार भएको इजरायली संसद् (नेसेट) निर्वाचनको मतगणना जारी छ। बिहान ४ः५१ बजीसम्म ३२.५ प्रतिशत मतपेटिकाको गणना सम्पन्न भएको थियो।

केन्द्रिय निर्वाचन समितिका अनुसार, प्रारम्भिक परिणाममा नेतन्याहू समर्थित गठबन्धनले ५९ सिट र नेतन्याहूविरोधी गठबन्धनले ४६ सिट प्राप्त गरेका छन्। समितिले यी परिणाम आंशिक रहेको र मतगणना जारी रहँदा परिवर्तन हुन सक्ने जनाएको छ।

लिकुडको निर्वाचन मुख्यालयमा प्रधानमन्त्रीका समर्थकहरूले उत्सव मनाइरहेका छन्। त्यहाँ आयोजित सम्बोधनका क्रममा नेतन्याहूले ७ अक्टोबर, २०२३ मा हमासले गरेको आक्रमणपछि इजरायलले लडेका युद्धहरूमा हासिल गरेका उपलब्धिहरूको चर्चा गरे।

उनले भने, “इरान पहिलेभन्दा निकै कमजोर भएको छ र इजरायल पहिलेभन्दा धेरै बलियो भएको छ।” अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग मिलेर इजरायलले इरानी खतरालाई सदाका लागि समाप्त पार्ने पनि उनले बताए। उनले भने, “हामी अझै वास्तविक नतिजाको प्रतीक्षामा छौँ।”

निर्वाचनमा लिकुड पार्टीको प्रदर्शन कमजोर हुने अनुमान गरेका सञ्चारमाध्यमहरूको आलोचना गर्दै उनले दक्षिणपन्थी, राष्ट्रवादी र बलियो सरकार आवश्यक रहेको बताए।

यसैबीच, ‘कान’ र च्यानल १३ का अद्यावधिक एक्जिट पोलअनुसार, नेतन्याहूको गठबन्धन र चार दल सम्मिलित विपक्षी गठबन्धनले समान ५१-५१ सिट प्राप्त गर्न सक्ने अनुमान गरिएको छ। अरब पार्टीहरूले १८ सिट प्राप्त गर्न सक्ने देखिएको छ।

यसरी नै च्यानल १२ को एक्जिट पोलअनुसार, नेतन्याहूको गठबन्धनले ५२ सिट, विपक्षी गठबन्धनले ४९ सिट र अरब पार्टीहरूले १९ सिट प्राप्त गर्न सक्ने अनुमान गरिएको छ।

हिन्दुस्थान समाचार / बिशाल


 rajesh pande