
गान्तोक, 28 अक्टोबर (हि.स.)। सिक्किमको सिङ्ताम-खाम्दोङकी प्रिस्का अधिकारीले काठमाडौंमा आयोजित कविता रियालिटी शो ‘जुनियर: द पोएट आइडल’ को उपाधि जितेकी छिन्। उनले २७ अक्टोबरमा सम्पन्न ग्र्यान्ड फाइनलमा उपाधि आफ्नो नाम गरेकी हुन्।
मुख्यमन्त्री तामाङले सामाजिक सञ्जालमार्फत सिङ्ताम-खाम्दोङ निवासी लक्षुमण अधिकारीकी छोरी प्रिस्काले हासिल गरेको यस सफलताले उनको परिवारसँगै सम्पूर्ण सिक्किमवासीलाई गौरवान्वित तुल्याएको बताएका छन्।
मुख्यमन्त्रीले प्रिस्काको प्रतिभा र समर्पण प्रशंसनीय रहेको उल्लेख गर्दै आगामी दिनमा पनि उनले आत्मविश्वासका साथ आफ्ना आकाङ्क्षाहरू पूरा गर्दै थप सफलता हासिल गर्न सकून् भन्ने कामना गरेका छन्।
मुख्यमन्त्रीले प्रिस्काको भविष्य उज्ज्वल र सफल रहोस् भन्दै उनको आगामी यात्राका लागि शुभकामना व्यक्त गरेका छन्।
हिन्दुस्थान समाचार / बिशाल