रेल सञ्चालन सुचारु राख्न चक्रवात अर्नबको अवस्थामाथि निरन्तर निगरानीः वैष्णव
केंद्रीय सूचना एवं प्रसारण मंत्री अश्विनी वैष्णव मंगलवार को राष्ट्रीय मीडिया केंद्र में पत्रकार वार्ता कों संबोधित करते हुए


नयाँ दिल्ली, २८ अक्टोबर (हि.स.)। रेल मन्त्री अश्विनी वैष्णवले बुधवार चक्रवात अर्नबको प्रभावलाई ध्यानमा राख्दै वरिष्ठ अधिकारीहरूसँग स्थलगत अवस्थाको समीक्षा गरेका छन्। उनले रेल सञ्जालका १० स्थानमा रुख ढलेर उत्पन्न भएका सामान्य अवरोधहरू तत्काल हटाइएको जानकारी दिएका छन्।

वैष्णवले सामाजिक सञ्जाल प्लेटफर्म ‘एक्स’ मा एउटा पोस्ट गर्दै रेलगाड़ीहरूको सञ्चालन सुरक्षित र सुचारु राख्न अवस्थामाथि नजिकबाट निगरानी गरिरहेको बताएका छन्।

आन्ध्र प्रदेशको तटमा यानम–काकीनाडा नजिक चक्रवात अर्नब प्रवेश गरेको अवस्थालाई ध्यानमा राख्दै रेलवेले सुरक्षा उपायहरू तीव्र बनाएको छ। चक्रवातका कारण तटीय क्षेत्रमा भारी वर्षा र जलजमावको अवस्था उत्पन्न हुनसक्ने आशंकालाई ध्यानमा राख्दै रेल सञ्चालनमाथि निरन्तर निगरानी राखिएको छ।

यसअघि सम्भावित जोखिम कम गर्न आन्ध्र प्रदेश, तेलङ्गाना र ओडिशाका तटीय मार्गहरूमा धेरै रेलगाड़ुहरू सावधानीस्वरूप रद्द गरिएका थिए।

रेलवे अधिकारीहरू अनुसार, प्रभावित क्षेत्रहरूमा रेल सञ्चालनको अवस्थामाथि निरन्तर निगरानी राखिएको छ र यात्रुहरूको सुरक्षा सुनिश्चित गर्न आवश्यक कदमहरू चालिँदै छन्।

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande