मुख्यमन्त्री शुभेन्दु अधिकारीले सिस्टर निवेदितालाई उनको जयन्तीमा श्रद्धाञ्जली अर्पण गरे
मुख्यमंत्री शुभेंदु अधिकारी ने भगिनी निवेदिता की जयंती पर दी श्रद्धांजलि


कोलकाता, 28 अक्टोबर (हि.स.)। पश्चिम बङ्गालका मुख्यमन्त्री शुभेन्दु अधिकारीले बुधवार बिहान स्वामी विवेकानन्दकी शिष्य सिस्टर निवेदितालाई उनको जन्मजयन्तीमा विनम्र श्रद्धाञ्जली अर्पण गरे। उनले सामाजिक सञ्जालमा सन्देश साझा गरी भगिनी निवेदिताप्रति आफ्नो सम्मान व्यक्त गरे।

सिस्टर निवेदिताको मूल नाम मार्गरेट एलिजाबेथ नोबल थियो। उनको जन्म 28 अक्टोबर, 1867- मा आयरल्याण्डमा भएको थियो। उनी शिक्षिका, लेखिका एवं सामाजिक कार्यकर्ता थिइन्। स्वामी विवेकानन्दको विचारबाट प्रभावित भएर उनले भारतलाई आफ्नो कार्यस्थल बनाइन् अनि समाज सेवा एवं महिला शिक्षामा आफ्नो जीवन समर्पित गरिन्।

25 मार्च, 1898- मा स्वामी विवेकानन्दबाट दीक्षा लिएपछि उनले निवेदिता नाम प्राप्त गरिन्। उनले कोलकातामा बालिका शिक्षाको लागि स्कूल स्थापना गरिन्। त्यसताक महिला शिक्षाको प्रवर्द्धन एउटा ठूलो सामाजिक चुनौती थियो। सिस्टर निवेदिताले यस दिशामा महत्त्वपूर्ण योगदान दिइन्।

वर्ष 1899- मा कोलकातामा प्लेग महामारी फैलिएको समय उनले आफ्नो जीवनको परवाह नगरी बिरामीहरूको सेवा गरिन्। उनी भारतीय संस्कृति, शिक्षा एवं राष्ट्रिय चेतनाप्रति समर्पित थिइन्। उनले भारतको स्वतन्त्रता आन्दोलनसँग सम्बन्धित देशभक्त तथा क्रान्तिकारीहरूलाई पनि समर्थन गरिन्।

सिस्टर निवेदिताको मृत्यु 13 अक्टोबर, 1911- मा दार्जिलिङमा भयो। महिला शिक्षा, समाज सेवा एवं भारतप्रतिको समर्पणका कारण उनलाई आज पनि सम्मानका साथ स्मरण गरिन्छ।

--------

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande