मिरजापुरमा बाइक सवार आमा, छोरा र नातिको मृत्यु
प्रतीकात्मक फोटो


मिरजापुर, 28 अक्टोबर (हि.स.)। उत्तर प्रदेशमा मिरजापुर जिल्लाको अदलहाट थाना क्षेत्रस्थित नरायणपुर चोकी अन्तर्गत आलु मिल अगाडि बुधवार बिहान भएको सड़क दुर्घटनामा आमा-छोरा र तीन वर्षीय नातिको मृत्यु भयो। बाइक सवारहरू सड़कमा लड़े। यसैबीच, पछाडिबाट आएको अज्ञात भारी वाहनले तीनै जनालाई कुल्चियो। चालक वाहन लिएर भाग्यो।

नरायणपुर चौकी प्रभारी आशिष सिंहले बुधवार बताए, अहरोरा थाना क्षेत्रको पट्टी कलाँका बासिन्दा मनोज चौहान (25) आफ्नी आमा मुन्नी देवी (45) र भतिजा प्रियान्स (3)- सँग बाइकमा वाराणसीको रामनगरस्थित काकीको घरबाट फर्किरहेका थिए। बुधबार बिहान करिब 10ः15 बजे नारायणपुरको आलु मिल अगाडि रहेको सड़कबाट बाइक स्किड भयो र तीनैजना सडकमा लड़े। पछाड़िबाट आएको अज्ञात भारी वाहनको चपेटमा परेर तीनै जनाको घटनास्थलमै मृत्यु भयो। दुर्घटनाको सूचना पाएर नरायणपुर पुलिस घटनास्थलमा पुग्यो। बाइकको आधारमा पुलिसले पट्टी कलाँ गाउँका प्रमुखलाई सम्पर्क गरी गाउँलेहरूलाई घटनास्थलमा बोलाएको थियो। अविवाहित मनोज तीन दाज्यु- भाइमध्ये कान्छा थिए जो टाइल्स मिस्त्री थिए। पुलिसले अज्ञात व्यक्तिको खोजी गरिरहेको छ।

--------

/ बिशाल


 rajesh pande