इनभेस्टमेन्ट, इनोभेशन एण्ड इण्डस्ट्रीको प्रमुख केन्द्र भइरहेको छ उत्तर प्रदेशः  मुख्यमन्त्री योगी
मुख्यमंत्री योगी


-मुख्यमन्त्री योगी आदित्यनाथले प्रदेशवासीहरूलाई वर्ष 2017 देखि उत्तर प्रदेशमा भएको परिवर्तनसित अवगत गराए

लखनऊ, 28 अक्टोबर (हि.स.)। मुख्यमन्त्री योगी आदित्यनाथले भने, उत्तर प्रदेश इनभेस्टमेन्ट, इनोभेशन एण्ड इण्डस्ट्रीको प्रमुख केन्द्र बन्दै गइरहेको छ। उनले सोशल मिडिया अकाउन्ट 'एक्स'- मा प्रदेशवासीहरूलाई वर्ष 2017 पछि उत्तर प्रदेशमा आएको परिवर्तनबारे अवगत गराए।

मुख्यमन्त्रीले पछिल्लो सरकारलाई निशाना बनाउँदै भने, वर्ष 2017 पूर्व उत्तर प्रदेशमा विश्वव्यापी लगानी आकर्षित गर्ने न त स्पष्ट दृष्टिकोण थियो, न त ठोस योजना नै थियो, तर डबल इञ्जिन सरकारले यस स्थितिलाई परिवर्तन गऱ्यो। प्रधानमन्त्री नरेन्द्र मोदीको नेतृत्वले राज्यमा सुधार, प्रदर्शन एवं रूपान्तरणको मन्त्रसँगै लगानी र औद्योगिक विकासको नयाँ कार्य संस्कृति विकास गरेको छ।

सिङ्गापुर प्रतिनिधिमण्डलसँगको बैठक आज हुने-

मुख्यमन्त्रीले भने, कुशल कानून व्यवस्था, पारदर्शी नीति तथा लगानी मैत्री वातावरणको साथमा आज उत्तर प्रदेश लगानी, नवप्रवर्तन एवं उद्योगको प्रमुख केन्द्र बनिरहेको छ। यस बढ्दो विश्वव्यापी विश्वासलाई नयाँ उचाईँ दिन आज सिङ्गापुरको प्रतिनिधिमण्डलसँगको बैठकमा उत्तर प्रदेशमा लगानीको नयाँ सम्भावना, वर्तमान परियोजनाहरूलाई गति दिने अनि लगानीलाई आधार बनाएर उत्पादन शुरु गर्ने विषयमा छलफल हुनेछ।

मुख्यमन्त्रीले प्रदेशवासीहरूलाई आश्वस्त पारे, हरेक लगानीबाट नयाँ उद्योग, हरेक उद्योगबाट नयाँ रोजगार औ हरेक रोजगारबाट परिवारमा समृद्धि ल्याउने सङ्कल्पको साथमा उत्तर प्रदेश एक ट्रिलियन डलरको अर्थव्यवस्था बन्ने दिशामा अग्रसर छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande