जुबिन गर्गको मृत्यु मामिलामा न्यायको माग गर्दै राज्यपाललाई सात बुँदे ज्ञापनपत्र सुम्पिइयो
Zubeen Garg’s with Garima Saikia Garg Talking to Media Persons After Meeting to Assam Governor Laxman Prasad Acharya on Wednesday.


गुवाहाटी, 28 अक्टोबर (हि.स.)। स्वर्गीय असमिया गायक जुबिन गर्गको मृत्यु मामिलामा न्यायको माग गर्दै उनकी पत्नी गरिमा सैकिया गर्ग, परिवारका सदस्यहरू तथा धेरै जना कलाकारहरूले बुधवार राज्यपाल लक्ष्मण प्रसाद आचार्यलाई राजभवनमा भेट गरे। यस अवधि प्रतिनिधिमण्डलले राज्यपाललाई सात बुँदे माग उल्लेखित ज्ञापनपत्र सुम्पियो।

प्रतिनिधिमण्डलले राज्यपालसित जुबिन गर्गको मृत्युसँग सम्बन्धित अनुसन्धान एवं कानुनी प्रक्रियालाई द्रुत, पारदर्शी तथा निष्पक्ष रूपमा द्रूत बनाउन आग्रह गरेको छ। परिवारले यस मामिलाको निष्पक्ष अनुसन्धान सुनिश्चित गर्न अनि गायकको मृत्युसित जोड़िएको परिस्थिति पत्तो लगाउन माग गरे।

राहुल गौतम शर्माले राज्यपाललाई सुम्पिएको ज्ञापनमा उल्लेखित मागहरूको बारेमा जानकारी दिए।

जुबिन गर्गका परिवारका सदस्य एवं कलाकारहरूले यस मामिलामा न्याय सुनिश्चित गर्न राज्यपाललाई हस्तक्षेप गर्ने अनुरोध गरे। प्रतिनिधिमण्डलले अनुसन्धान तथा कानुनी प्रक्रियामा अनावश्यक ढिल्याई हुन नदिन अनि परिवारको चिन्तालाई गम्भीरताको साथमा विचार गर्ने मागे।

--------

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande