
अमृतसर, २९ अक्टोबर (हि.स.)। भारत-पाकिस्तान अन्तरराष्ट्रिय सीमामा सीमा सुरक्षा बल (बीएसएफ) ले दुई वटा छुट्टाछुट्टै अभियानमा ११ किलोभन्दा बढ़ी लागुऔषध जफत गरेको छ। यस क्रममा जवानहरूले एउटा विदेशी पेस्तोल र तस्करीमा प्रयोग गरिएको क्षतिग्रस्त ड्रोन पनि नियन्त्रणमा लिएका छन्।
जफ्तीपछि पुलिसले सम्बन्धित कानूनअन्तर्गत छुट्टाछुट्टै मुद्दा दर्ता गरी अनुसन्धान शुरु गरेको छ।
बीएसएफ अनुसार, अमृतसर जिल्लाको कहनगढ़ सीमा चौकी क्षेत्रमा अभियान सञ्चालन गरी पाँच किलोभन्दा बढ़ी हेरोइन जफत गरिएको छ। यस सम्बन्धमा बीएसएफको उजुरीका आधारमा घरिण्डा पुलिस थानामा मुद्दा दर्ता गरिएको छ। सुरक्षा निकायहरूले जफत हेरोइनको तस्करीसँग सम्बन्धित सम्भावित सम्पर्कहरूको पहिचान गर्न अनुसन्धान गरिरहेका छन्।
दोस्रो कारबाही अटारीस्थित एकीकृत जाँच चौकीनजिक गरिएको थियो। यहाँ बीएसएफका जवानहरूले ५.५ किलो लागुऔषधयुक्त पाउडर, एउटा विदेशी पेस्तोल र क्षतिग्रस्त ड्रोन जफत गरेका छन्। जफत पेस्तोल टर्कीको कम्पनी टिसासमा निर्मित जिगाना पेस्तोल भएको पहिचान गरिएको छ। यसका साथै घटनास्थलबाट डीजेआई म्याट्रिस ४०० मोडेलको क्षतिग्रस्त चार चक्के ड्रोन पनि जफत गरिएको छ।
सीमावर्ती क्षेत्रबाट लागुऔषधसँगै ड्रोन र हतियार जफत भएपछि सीमापार तस्करीको सम्भावित सञ्जाललाई लिएर प्रश्न उठेका छन्। अनुसन्धानका क्रममा जफत सामग्री कहाँबाट पठाइएको थियो र कसलाई पुर्याउने योजना थियो भन्ने पत्ता लगाउने प्रयास गरिनेछ। दुवै कारबाहीमा कूल ११ किलोभन्दा बढ़ी लागुऔषध जफत भएको छ। हाल पुलिस र सम्बन्धित सुरक्षा निकायहरूले घटनाको अनुसन्धान गरिरहेका छन्।
हिन्दुस्थान समाचार / भवानी थामी